• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, असार ०३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज सुनको मुल्य घट्यो

सरकारले संसदलाई हेपिरहेको छ : गोपाल शर्मा

रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

आज सामान्य बढ्यो सुनको मुल्य

आज ७ वटै प्रदेशमा चट्यांग सहित वर्षाको सम्भावना

रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

सुनको मुल्यमा भारी वृद्धि

विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

किन नाचिन्छ भूमे नाँच ? यस्तो छ रहस्य

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

  • २. रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

  • ३. आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

  • ४. आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा

  • ५. रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

  • ६. सुनको मुल्यमा भारी वृद्धि

  • ७. विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

  • ८. आज सुन तोलामा ५ हजार बढ्यो, कति पुग्यो?

  • ९. किन नाचिन्छ भूमे नाँच ? यस्तो छ रहस्य

  • १०. आज यी ठाउँमा हुँदै छ भारी वर्षा

वास इकाई आठबिसकोट द्वारा दुई आयोजनाको सार्वजनिक परिक्षण र अनुगमन


  •   शुक्रबार, जेठ १६, २०८२ मा प्रकाशित
  • आठबिसकोट नगरपालिका सबैका लागि खानेपानी सरसफाई तथा स्वच्छता आयोजना (सुस्वा) अन्तर्गत खानेपानी तथा सरसफाई योजनाको दोस्रो सार्वजनिक परिक्षण र अनुगमन कार्यक्रम सम्पन्न भएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता समिति आठबिसकोट नगरपालिका-७ को आयोजनामा आज शुक्रवार सार्वजनिक परिक्षण र अनुगमन कार्यक्रम सम्पन्न भएको हो ।

    Advertisement

    आठबिसकोट -७ मा सञ्चालित लाता गगुनपानी खानेपानी आयोजना र गारापाखा खानेपानी आयोजनाको अनुगमन र सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा आठबिसकोट नगरपालिकाकी उपप्रमुख धन कुमारी शाही, वडा नम्वर-७ का अध्यक्ष अमृत बुढा, वास सल्लाहकार प्रमोदलाल श्रेष्ठ , वास संयोजक नरेन्द्र केसी, प्राविधिक सहजकर्ता बिरेन्द्र बटाला लगायतको उपस्थिति रहेको थियो ।

    आयोजना अनुगमनमा बोल्दै नगर उपप्रमुख धन कुमारी शाहीले भनिन, जनताको आधारभूत आवश्यकतासँग जोडिएको यी खानेपानी योजना समयमै सम्पन्न गर्न हाम्रो पालिका र वास ईकाइको तर्फबाट सबै लागिपरेका छौँ। ढिलासुस्ती र गुणस्तरमा सम्झौता गर्न दिँदैनौँ।’ काम गुणस्तरिय भएको छ । शाहीले थपिन, “जनताको आवश्यकता बुझेर यो योजना ल्याइएको हो। “खानेपानी जनजीवनसँग प्रत्यक्ष जोडिएको विषय हो। त्यसकारण खानेपानी योजना दिगो बनाउन उपभोक्ता र उपभोक्ता समितिले दिर्घकालिन सोच सहित काम गर्नुपर्छ ।

    त्यस्तै वास संयोजक नरेन्द्र केसीका अनुसार केही प्राविधिक समस्या, उतारचढावले काम केही ढिला भएपनी सबै कुरा मिलाएर अन्तिम चरणको काम भइरहेको जनाए।’ दुबै आयोजना विकट स्थलबाट सुरु भएपनी उपभोक्ता समिति र प्राविधिकहरुको निरन्तर प्रयासले सफल भएको बताए । केसीले भने, अहिले सञ्चालित आयोजना दिगो र मजबुत भएकाले अब उपभोक्ताले खानेपानीका लागि दु: ख पाउनुपर्ने अवस्थाको अन्त्य भएको बताए । कतिपय योजनाहरु आउने तर १ वर्ष पनि नटिक्ने अनि त्यही आयोजनालाई खानेपानीको व्यापार गर्ने प्रवृत्ति अन्त्य हुने उनको भनाई छ ।

    कार्यक्रमका अतिथि एवम् वडा नम्वर-७ का अध्यक्ष अमृत बुढाले खानेपानी सँगसंगै वडामा सरसफाईले पनि प्राथमिकता पाउने जनाए । उनले भने हामीले ठुलो संघर्ष र मेहनत गरेर योजना सम्पन्न गर्ने अवस्थामा आईपुगेका छौँ । अबको केहिदिनमै घर घरमा खानेपानीको धारा पुग्ने बिश्वास व्यक्त गरे । आयोजना निर्माणका क्रममा केही विवाद आएपछि केही दिन काममा ढिला सुस्ती भएको स्विकार्दै विवाद समाधान पछि निर्माण कार्यले गति लिएको बुढाले बताए । उनले भने केही मान्छेहरु यतिको गुणस्तरिय योजना देखेर हतारिएका छन्। वडाबासीलाई खानेपानीको पहुँच बाट टाढा राख्न बनाईएको योजना असफल भएको छ । सुस्वाले राम्रो र दिर्घकालिन लक्ष्य सहित काम गरेकोमा धन्यवाद ।

    जनप्रतिनिधि सहित नगरपालिकाको वास इकाईका कर्मचारी लगायत उपभोक्ता समिति र स्थानीयको उपस्थितिमा भएको योजना अनुगमन र सार्वजनिक परिक्षण अन्तर्गत वास सल्लाहकार प्रमोदलाल श्रेष्ठले अनुगमन पुस्तिका बारे प्रष्ट पारेर समुदाय स्तरमा छलफल गरेका थिए । श्रेष्ठले भने अब प्रत्येक घरमा शुद्ध खानेपानी सहित यहि असार मसान्त भित्र घरघरमा खानेपानीको धारा बग्ने जानकारी दिए । उनले समितिका पदाधिकारी बिच प्रश्नोत्तर गर्दै सामाजिक कार्ययोजना भएनभएको, बैंकिङ प्रणाली मार्फत भुक्तानी गर्नुपर्ने जानकारी र आर्थिक पार्दर्शी लगायत निर्माण सामग्री खरिद तथा समितिको बैठक बारे जानकारी लिएका थिए ।

    दुबै आयोजनामा झण्डै ८५ प्रतिशत काम सम्पन्न भएको प्राविधिक सहजकर्ता बिरेन्द्र बटालाले बताए। खानेपानीका सबै संरचना डिजाइन इस्टमेट अनुसार निर्माण भैरहेकाले गुणस्तरिय हामिले सुनिश्चित गरेका छौँ । र सबै धारामा २४ सै घन्टा खानेपानी आउने गरेर हामिले डिजाइन गरेका छौँ । उनका अनुसार वडा नम्वर-७ को लाता गगुनापानी जेबिचौर आयोजनाबाट १ सय ४४ घर र गारापाखा आयोजनाबाट १५ घर लाभान्वित हुने छन्। समितिका अध्यक्षहरु पठे कामी र कालो खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वास सामाजिक परिचालक दिपक केसीले गरेका थिए ।

    शुक्रबार, जेठ १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज सुनको मुल्य घट्यो
    सरकारले संसदलाई हेपिरहेको छ : गोपाल शर्मा
    रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा
    आज सामान्य बढ्यो सुनको मुल्य
    आज ७ वटै प्रदेशमा चट्यांग सहित वर्षाको सम्भावना
    रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

    • २.
      रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

    • ३.
      आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

    • ४.
      आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा

    • ५.
      रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

    • ६.
      सुनको मुल्यमा भारी वृद्धि

    भर्खरै

    • १.
      आज सुनको मुल्य घट्यो

    • २.
      सरकारले संसदलाई हेपिरहेको छ : गोपाल शर्मा

    • ३.
      रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

    • ४.
      आज सामान्य बढ्यो सुनको मुल्य

    • ५.
      आज ७ वटै प्रदेशमा चट्यांग सहित वर्षाको सम्भावना

    • ६.
      रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

    • ७.
      सुनको मुल्यमा भारी वृद्धि

    • ८.
      विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.