सरकारले आगामी वर्षका लागि कर्णाली प्रदेशमा कार्यान्वयन भइरहेका राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई बजेट विनियोजन गरेको छ । भेरी–बबई बहुउद्देश्यीय आयोजनाको हेडवक्स र पावर हाउस दुई वर्षभित्र सम्पन्न गर्ने अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
जसका लागी २ अर्ब ७ करोड बजेट विनियोजन गरिएको छ । त्यसैगरी कर्णाली कोरिडोरका लागि १ अर्ब २७ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए।
सुर्खेतको भेरी लिफ्ट खानेपानी आयोजना आगामी २ वर्षमा सम्पन्न गर्न १ अर्ब ३२ करोड रकम विनियोजन गरिएको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गदै उक्त बजेट विनियोजन गरिएको बताए।
त्यस्तै सुर्खेतमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता का लागी सरकारले ५४ करोड रुपैयाँ विनियोजन गर्ने घोषणा गरेको छ । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्दै जानकारी गराए।