रुकुम पश्चिम । यार्सा संकलनका लागी डोल्पा पुगेका जाजरकोटका एक युवकको मृत्यु भएको छ । यार्सागुम्बा संकलन गर्न डोल्पा पुगेका जाजरकोट जिल्लाको नलगाड नगरपालिका -८ का १९ वर्षीय धन बहादुर विकको नावरपानी भन्ने यार्सा पाटनमा मृत्यु भएको हो ।
Advertisement
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार विकको पाटनमै मृत्यु भएको हो । त्यस्तै डोल्पाका एक युवतीको पनि मृत्यु भएको छ ।
डोल्पाको ठुलिभेरी नगरपालिका–५ माझफालकी २४ वर्षीया शान्ती रोकायाको पोखेपानी साईकुमारी सामुदायिक बन अन्तर्गत यार्सा पाटनमा रोकायाको ज्यान गएको प्रहरीले जनाएको छ । यार्सा टिप्ने क्रममा अचानक स्वास्थ्यमा समस्या आएर मृत्यु भरहेको छ ।