• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, असार ०३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज सुनको मुल्य घट्यो

सरकारले संसदलाई हेपिरहेको छ : गोपाल शर्मा

रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

आज सामान्य बढ्यो सुनको मुल्य

आज ७ वटै प्रदेशमा चट्यांग सहित वर्षाको सम्भावना

रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

सुनको मुल्यमा भारी वृद्धि

विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

किन नाचिन्छ भूमे नाँच ? यस्तो छ रहस्य

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

  • २. रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

  • ३. आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

  • ४. आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा

  • ५. रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

  • ६. सुनको मुल्यमा भारी वृद्धि

  • ७. विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

  • ८. आज सुन तोलामा ५ हजार बढ्यो, कति पुग्यो?

  • ९. किन नाचिन्छ भूमे नाँच ? यस्तो छ रहस्य

  • १०. आज यी ठाउँमा हुँदै छ भारी वर्षा

राष्ट्रियसभाको बैठकमा प्रतिनिधिसभाका सांसद छिरेपछि…


  •   बुधबार, जेठ १४, २०८२ मा प्रकाशित
  • काठमाडौं । भिजिट भिषा प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रतिनिधिसभाको बैठकमा विरोध जनाए ।

    Advertisement

    बिहान ११ः०० बजेका लागि बोलाइएको बैठक झण्डै दुई घण्टा ढिला गरी सुरू भयो । सभामुख देवराज घिमिरेले बैठक सुरू गरेलगत्तै विपक्षी दलले पुनः विरोध जनाए ।

    बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी आधा घण्टाका लागि स्थगित भयो । बैठक स्थगन भएपछि सांसदहरूले फुर्सद पाए । केही सांसद सञ्चारकर्मीलाई प्रतिक्रिया दिन थाले भने कोही आपसमा छलफल गर्न थाले ।

    कोही सांसद चमेनागृहमा चिया पिउन गए भने केही नियमित काम भन्दै सिंहदरबारतर्फ लागे । प्रतिनिधिसभाको बैठक अवरोधपछि स्थगित भएसँगै प्रतिनिधिसभाका केही सांसद भने राष्ट्रियसभाको बैठक अवलोकन गर्न छिरे ।

    राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे नै सुरू भएको थियो । तल्लो सदनमा अवरोध भए पनि माथिल्लो सदन नियमित चल्यो । फुर्सदको सदुपयोग गर्दै प्रतिनिधिसभाका केही सदस्यहरू माथिल्लो सदनमा उपस्थित भएको दृश्य प्रत्यक्ष प्रसारणमा पनि देखियो ।

    प्रतिनिधिसभा सदस्यहरू राष्ट्रियसभाको नियमित बैठक कक्षमा नभई दर्शकदीर्घामा उपस्थित भएका थिए । प्रतिनिधिसभा सदस्यहरू राष्ट्रियसभाको दर्शकदीर्घामा उपस्थित भई त्यहाँको काम कारबाहीको प्रत्यक्ष अवलोकन गरेका हुन् ।

    राष्ट्रियसभाको बैठक चलिरहँदा सांसदहरू सुहाङ नेम्वाङ, राजेन्द्रकुमार राई, प्रभु हजारा र सराज अहमद फारूकीको दर्शकदीर्घामा उपस्थित थियो । यो दृश्य देखेपछि सांसद नेम्वाङलाई सोधियो – राष्ट्रियसभामा तपाईहरू किन जानुभएको ? उनले संक्षिप्त जवाफ दिँदै भने, ‘माथिल्लो सदनमा के कसो हुँदो रहेछ भनेर जानकारी लिन गएका हौँ ।’

    उनले माथिल्लो सदनको नियमित काम कारबाही र गतिविधिका बारेमा जानकारी लिने उद्देश्यका साथ गएको प्रतिक्रिया दिए ।संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा छन् । राष्ट्रियसभा स्थायी सदन हो भने प्रतिनिधिसभाको कार्यकाल भने पाँच वर्षको रहन्छ । संविधानतः दुवै सदन एक अर्काका परिपूरक पनि हुन् । सरकारको नीति तथा कार्यक्रम र बजेट भने संयुक्त सदनमा प्रस्तुत हुन्छ ।

    यस्तै, अर्का सांसद सराज अहमद फारूकीले पनि नियमित काम कारबाहीको बारेमा जानकारी लिने उद्देश्यले राष्ट्रियसभामा गएको बताए । ‘हामीले धेरै पहिलेदेखि नै माथिल्लो सदनको काम कारबाहीको बारेमा जानकारी लिने इच्छा राखेका थियौँ, त्यो आज पूरा भयो’, उनले भने ।

    फुर्सदको समयलाई सदुपयोग गरेर दर्शकदीर्घामा नै बसेर राष्ट्रियसभाको बैठकका बारेमा जानकारी लिएको उनले जानकारी दिए । उनले राष्ट्रियसभाको बैठक र सञ्चालन तरिका भने प्रतिनिधिसभाको जस्तै भए पनि रमाइलो लागेको बताए ।

    प्रतिनिधिसभाका चार जना सांसद दर्शकका रूपमा उपस्थित हुँदा राष्ट्रियसभा सदस्य गोपीबहादुर सार्की अछामीले आफ्नो धारणा राख्दै थिए । सांसद फारूकीले आफूहरू केही समय राष्ट्रियसभा बैठकको प्रत्यक्ष जानकारी लिई बाहिरिएको बताए ।

    प्रतिनिधिसभा र राष्ट्रियसभाको काम कारबाही नियमित र उस्तै रहने गर्छ । यद्यपि बहस छलफलका हिसाबले तल्लो सदनभन्दा माथिल्लो सदन थप व्यवस्थित मानिन्छ ।– रासस

    बुधबार, जेठ १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज सुनको मुल्य घट्यो
    सरकारले संसदलाई हेपिरहेको छ : गोपाल शर्मा
    रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा
    आज सामान्य बढ्यो सुनको मुल्य
    आज ७ वटै प्रदेशमा चट्यांग सहित वर्षाको सम्भावना
    रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

    • २.
      रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

    • ३.
      आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

    • ४.
      आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा

    • ५.
      रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

    • ६.
      सुनको मुल्यमा भारी वृद्धि

    भर्खरै

    • १.
      आज सुनको मुल्य घट्यो

    • २.
      सरकारले संसदलाई हेपिरहेको छ : गोपाल शर्मा

    • ३.
      रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

    • ४.
      आज सामान्य बढ्यो सुनको मुल्य

    • ५.
      आज ७ वटै प्रदेशमा चट्यांग सहित वर्षाको सम्भावना

    • ६.
      रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

    • ७.
      सुनको मुल्यमा भारी वृद्धि

    • ८.
      विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.