रुकुम पश्चिम । एउटै घरका तीन जनाको हत्या भएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका होराइजन चोकमा रहेको मिलिजुली पथमा आमासहित दुई छोरीको बीभत्स हत्या भएको छ।
Advertisement
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सुरज कार्की ले तीन जनाको हत्या भएको जानकारी दिए। आमा ३३ वर्षकी दीपा बस्याल सहित छोरीहरू ७ वर्षकी स्नेहा र ४ वर्षकी हिमानीको हत्या गरिएको प्रवक्ता कार्कीले बताए।
हत्याको अनुसन्धानका लागि एक जनालाई पक्राउ गरिएको उनले बताए। पक्राउ पर्नेमा सुरज कोइराला रहेका छन्।
प्रहरीका अनुसार उनी दीपाका पूर्वश्रीमान हुन्।