काठमाडौं । नेपालमा फेरि कोरोना संक्रमण पुष्टि भएको छ ।
Advertisement
नेपालमा सातजनामा संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट एकजना र धुलिखेल अस्पतालमा ६ जनासहित ७ जनामा संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका निर्देशक चन्द्रबल झाका अनुसार कोरोना संक्रमण देखिएका उनीहरु सबैको विदेश भ्रमणको हिस्ट्री छैन । सबै संक्रमित डिस्चार्ज भएर घर गइसकेका छन् ।
पछिल्लो समय भारत र चीन लगायतका देशमा संक्रमण बढिरहेका बेला नेपालमा पनि सातजनालाई पुष्टि भएको हो ।