नेपाली बजारमा आज सुनचाँदीको मुल्य सामान्य घटेको छ । सुनको मुल्य आज तोलामा दुई सय रुपैयाँले घटेर तोलाको एक लाख ९०हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
Advertisement
हिजो सुन तोलाको एक लाख ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै तीन दिनदेखि स्थिर रहेको चाँदीको भाउ आज सामान्य घटेको छ ।
चाँदीको भाउ आज तोलामा १० रुपैयाँले घटेर एक हजार नौ सय ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउदुई हजार पाँच रुपैयाँ कायम भएको थियो ।