काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षीले होहल्ला गरेपछि आधा घण्टाका लागि स्थगित भएको छ ।
Advertisement
सभामुखले विपक्षी दलका सांसदहरुले लगातार होहल्ला गर्न थालेपछि आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।
उनीहरुले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरिय छानबिन आयोगको माग राखेका छन् ।
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले उक्त प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै उनको सचिवालयको प्रत्यक्ष संलग्नताको दाबी गरेपछि विपक्षी दलका सांसदहरूले नाराबाजी गर्दै बैठक अवरुद्ध गरेका थिए ।