१६ र १७ वर्षीया २ जना बालिकाहरूलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
पक्राउ पर्नेहरूमा चिचिला गाउँपालिका-२ बस्ने ३५ वर्षीय तुफान राई र सोही गाउँपालिका-३ बस्ने २८ वर्षीय प्रकाश राई रहेका छन् ।
उनीहरूले ती बालिकाहरूलाई बुधबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरूलाई खाँदबारी नगरपालिका-१ बाट पक्राउ गरेको हो ।