अहिले पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यिनै मौसमी प्रणलीका कारण कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली छ।
बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली छ। कर्णाली, लुम्बिनी, बागमती र कोशी प्रदेशका एकदुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।
दिउँसो कोशी, मधेस र बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी र बागमती प्रदेशलगायत देशका पहाडी भूभागका थोरै र बाँकी भूभागका एकदुई स्थानमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
देशको उच्चपहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।