कर्णाली प्रदेशकै ठुलो भलिबल प्रतियोगिता रुकुम पश्चिमको मुसिकोटमा हुने भएको छ । रुकुम कप भलिबलको तेस्रो संस्करण जेठ १८ गते देखि संन्चालन हुने रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले जनाएको छ । केन्द्रको आयोजनामा हुने प्रतियोगिताको तेस्रो संस्करण यो वर्ष जेठ १८ गते देखि २५ गतेसम्म जिल्ला सदरमुकाम मुसिकोट खलङ्गाको बराहटाकुरामा सञ्चालन हुने भएको छ ।
उक्त प्रतियोगिता पुरुष तर्फ खुला पालिका स्तरीय र महिला तर्फ खुला हुने रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजविक्रम बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार पुरुष भलिबलको विजेताले ५ लाख ११ हजार नगद पुरस्कार प्राप्त गर्ने छ । उप विजेताले २ लाख ९१ हजार पाउँदा तेस्रोले १ लाख ५१ हजार र सान्त्वना हुने टिमले १ लाख ११ हजार पुरस्कार सहित कप मेडल र प्रमाण पत्र पाउने बुढाले बताउनुभयो ।
विभिन्न विधागत तर्फ सर्वोत्कृष्ट खेलाडीले १० हजार, वेस्ट स्पाइकरले ५ हजार , वेस्ट सेटर ५ हजार, वेस्ट ब्लकर ५ हजार , वेस्ट डिफेन्डर ५ हजार, वेस्ट सर्भर ५ हजार, इमर्जिङ प्लेयर ५ हजार , वेस्ट कोचलाई ५ हजार , नगद मेडल प्रमाण पत्र सहित पुरस्कार प्रदान गरिने अध्यक्ष बुढाले जानकारी गराउनुभयो ।
पुरुष तर्फ भने नेपाल भरीका पालिकाले सहभागिता जनाउन पाउने छन् । साथै एउटा पालिका ले तिन जना पालिका बाहिरको राष्ट्रीय तथा अन्तर्राष्ट्रीय खेलाडी राख्न पाउने उहाले बताउनू भयो ।
महिला तर्फको विजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्ने छ उप विजेताले ७५ हजार पुरस्कार पाउँदा तेस्रो हुनेले ५० हजार सान्त्वना टिमले २५ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । कप, मेडल र प्रमाणपत्रको समेत व्यवस्था गरिएको छ ।
विधागतमा महिला तर्फ पनि व्यक्तिगत रूपमा पनि खेलाडीले पुरस्कार जित्न सक्ने छन्। यो प्रतियोगितालाई सबैले मिलेर सफल बनाउन उहाले आग्रह समेत गर्नु भयो । यो प्रतियोगिता कर्णाली प्रदेशकै ठुलो रहेको र प्रतियोगिताका लागि करिब ३० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
उहाले रुकुम पश्चिम भलिबल बिकास को लागी सबै सरकोरवाला संघ अपिल गर्ने र रुकुमलाई खेलकुदको हबका रूपमा विकास गर्नुका साथै रुकुमलाई भलिबल खेलबाटै राष्ट्रीय अन्तराष्ट्रीय रुपमा चिनाउनकै लागी यो प्रतियोगिता को परिकल्पना गरिएको उहाले बताउनु भयो।