• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, जेठ ३०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

फिफा विश्वकप: पाराग्वेमाथि अमेरिकाको जित

रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

आज सुन तोलामा ५ हजार बढ्यो, कति पुग्यो?

आज यी ठाउँमा हुँदै छ भारी वर्षा

आज पनि ह्वात्तै घट्यो सुनको मुल्य

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

फुटबलको महाकुम्भ : ४८ राष्ट्रको महासंग्रामबीच आजदेखि सुरु हुँदै

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

  • २. रुकुम पश्चिमका ६ वटा स्थानीय तहलाई २ अर्व ३५ करोड संघीय अनुदान(हेर्नुस् कुन पालिकालाई कति ?)

  • ३. आठबिसकोटमा सडक मापदण्ड कार्यान्वयनका क्रममा घरटहरा भत्काइयो

  • ४. डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

  • ५. रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य

  • ६. दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

  • ७. आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

  • ८. मुख्यमन्त्री बानियाँको प्रमुख आतिथ्यमा साना किसान कृषि सहकारीको २८औं वार्षिकोत्सव सम्पन्न

  • ९. जिल्ला अस्पताल सल्ले बाट औषधि सहित नगद रकम चोरी

  • १०. आज सुन तोलामा ५ हजार बढ्यो, कति पुग्यो?

स्थानीय आफैँले बनाउन थाले खोलामा पुल

  •   आइतबार, जेठ ०४, २०८२ मा प्रकाशित
  • दाङ–रोल्पा सडकखण्डअन्तर्गत बिजौरी-होलेरी सडकखण्डको बीचमा पर्ने ग्वारखोलामा पुल छैन । पुल नहुँदा बर्खामा आवतजावत नै ठप्प हुन्छ । रोल्पाको रुन्टीगढी गाउँपालिकाको व्यापारिक थलो भनेकै दाङको बिजौरी हो ।

    Advertisement

    त्यतिमात्र होइन्, बिरामी पर्दा, उच्च शिक्षाका लागि विद्यार्थी पनि त्यही बाटो आउनु पर्छ । तर, ग्वारखोलामा मोटरेबल पुल नहुँदा वर्षामा आवतजावतमा निकै समस्या पर्ने गर्छ भने बर्सेनि मानिस पनि बगाउने गर्छ । ग्वारखोलामा पुल निर्माणका लागि मात्र चालु वर्षमा एक करोड ३० लाख बजेट परेको थियो । तर, त्यो बजेटअनुसार पनि काम हुन सकेन । त्यहाँको बजेट अन्तै गयो ।

    ‘अहिले बजेट आएको थियो, काम त सुरु होला भन्ने थियो’, स्थानीय प्रशान्त पुनले भने, ‘त्यो बजेट पनि अन्तै गयो भन्ने सुनिन्छ ।’

    २०७० सालमा उक्त सडकको ट्रयाक खोलिएको भए पनि १२ वर्षसम्ममा पनि पुल नबनेपछि स्थानीय आफैँले अहिले पुल निर्माण थालेका छन् । स्थानीय सबैले श्रमदान गरेर मोटरसाइकल हिँड्ने गरी पुल निर्माण सुरु गरिएको उनको भनाइ छ ।

    ‘वर्षा आउँदैछ, हिँड्नलाई पुल छैन, आएको बजेटले पनि काम हुँदैन’, पुनले भने, ‘वर्षामा दुःख बिरामी पर्दा अस्पतालसम्म लिने त हुनुपर्यो, त्यही भएर स्थानीयले आफैँ श्रमदान गरेर पुल निर्माण गर्न थालेका हौँ ।’

    सिमेन्ट र सरिया सहयोग मागेर पुलको श्रमदान आफैँ गर्न लागेको स्थानीय लालबहादुर पुनले बताए । ‘हामीसँग अहिले पैसा छैन, आर्थिक सहयोग सङ्कलन गरेर काम अगाडि बढाइरहेका छौँ’, उनले भने, ‘सबैले सहयोग गरे काम सम्भव पनि छ ।’ स्थानीयले श्रमदान गरे पनि मिस्त्रीलाई भने ज्याला दिएरै ल्याउनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

    सरकारले बाटो बनाए पनि पुल नबनाउँदा यसरी सास्ती खेप्नुपरेको उनको गुनासो छ । पुल नबन्दा ६ महिना उक्त सडक सञ्चालन हुने र ६ महिना ठप्प हुने अवस्था आएको पुनले बताए ।

    रुकुमको चुनवाङसम्म जोड्ने उक्त सडकको स्तरवृद्धिका लागि पटकपटक सम्बन्धित निकायमा गएको भए पनि सुनुवाइ नभएको दाङस्थित बिजौरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष रेश्मीराज खड्काले बताए ।

    उनले सोही खोलामा सडक बनेमा त्यहाँ उत्पादन भएको तरकारी पनि सहजै बिजौरी बजारमा लैजान सकिने बताए । उक्त सडक विस्तार भएमा व्यापारिक हिसाबले पनि फाइदा पुग्ने उनको भनाइ छ । सोही सडकमा पुल निर्माणका लागि पहललाई निरन्तरता दिने उनले प्रतिबद्धता जनाए ।

    बिजौरीबाट होलरीसम्म २९ किलोमिटर छ । त्यसमध्ये होलेरी क्षेत्रमा पाँच किलोमिटर र बिजौरी क्षेत्रमा नौ किलोमिटर सडक कालोपत्रसमेत भइसकेको छ भने बाँकी १५ किलोमिटर सडक स्तरवृद्धि हुन नसक्दा आवतजावतमा निकै समस्या हुने गरेको रुन्टीगढी गाउँपालिका– ८ का वडाध्यक्ष तुलसी पुनमगरले बताए

    स्थानीय आफैँले बनाउन थाले खोलामा पुल
    दाङ–रोल्पा सडकखण्डअन्तर्गत बिजौरी-होलेरी सडकखण्डको बीचमा पर्ने ग्वारखोलामा पुल छैन । पुल नहुँदा बर्खामा आवतजावत नै ठप्प हुन्छ । रोल्पाको रुन्टीगढी गाउँपालिकाको व्यापारिक थलो भनेकै दाङको बिजौरी हो ।

    त्यतिमात्र होइन्, बिरामी पर्दा, उच्च शिक्षाका लागि विद्यार्थी पनि त्यही बाटो आउनु पर्छ । तर, ग्वारखोलामा मोटरेबल पुल नहुँदा वर्षामा आवतजावतमा निकै समस्या पर्ने गर्छ भने बर्सेनि मानिस पनि बगाउने गर्छ । ग्वारखोलामा पुल निर्माणका लागि मात्र चालु वर्षमा एक करोड ३० लाख बजेट परेको थियो । तर, त्यो बजेटअनुसार पनि काम हुन सकेन । त्यहाँको बजेट अन्तै गयो ।

    ‘अहिले बजेट आएको थियो, काम त सुरु होला भन्ने थियो’, स्थानीय प्रशान्त पुनले भने, ‘त्यो बजेट पनि अन्तै गयो भन्ने सुनिन्छ ।’

    २०७० सालमा उक्त सडकको ट्रयाक खोलिएको भए पनि १२ वर्षसम्ममा पनि पुल नबनेपछि स्थानीय आफैँले अहिले पुल निर्माण थालेका छन् । स्थानीय सबैले श्रमदान गरेर मोटरसाइकल हिँड्ने गरी पुल निर्माण सुरु गरिएको उनको भनाइ छ ।

    ‘वर्षा आउँदैछ, हिँड्नलाई पुल छैन, आएको बजेटले पनि काम हुँदैन’, पुनले भने, ‘वर्षामा दुःख बिरामी पर्दा अस्पतालसम्म लिने त हुनुपर्यो, त्यही भएर स्थानीयले आफैँ श्रमदान गरेर पुल निर्माण गर्न थालेका हौँ ।’

    सिमेन्ट र सरिया सहयोग मागेर पुलको श्रमदान आफैँ गर्न लागेको स्थानीय लालबहादुर पुनले बताए । ‘हामीसँग अहिले पैसा छैन, आर्थिक सहयोग सङ्कलन गरेर काम अगाडि बढाइरहेका छौँ’, उनले भने, ‘सबैले सहयोग गरे काम सम्भव पनि छ ।’ स्थानीयले श्रमदान गरे पनि मिस्त्रीलाई भने ज्याला दिएरै ल्याउनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

    सरकारले बाटो बनाए पनि पुल नबनाउँदा यसरी सास्ती खेप्नुपरेको उनको गुनासो छ । पुल नबन्दा ६ महिना उक्त सडक सञ्चालन हुने र ६ महिना ठप्प हुने अवस्था आएको पुनले बताए ।

    रुकुमको चुनवाङसम्म जोड्ने उक्त सडकको स्तरवृद्धिका लागि पटकपटक सम्बन्धित निकायमा गएको भए पनि सुनुवाइ नभएको दाङस्थित बिजौरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष रेश्मीराज खड्काले बताए ।

    उनले सोही खोलामा सडक बनेमा त्यहाँ उत्पादन भएको तरकारी पनि सहजै बिजौरी बजारमा लैजान सकिने बताए । उक्त सडक विस्तार भएमा व्यापारिक हिसाबले पनि फाइदा पुग्ने उनको भनाइ छ । सोही सडकमा पुल निर्माणका लागि पहललाई निरन्तरता दिने उनले प्रतिबद्धता जनाए ।

    बिजौरीबाट होलरीसम्म २९ किलोमिटर छ । त्यसमध्ये होलेरी क्षेत्रमा पाँच किलोमिटर र बिजौरी क्षेत्रमा नौ किलोमिटर सडक कालोपत्रसमेत भइसकेको छ भने बाँकी १५ किलोमिटर सडक स्तरवृद्धि हुन नसक्दा आवतजावतमा निकै समस्या हुने गरेको रुन्टीगढी गाउँपालिका– ८ का वडाध्यक्ष तुलसी पुनमगरले बताए

    आइतबार, जेठ ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    फिफा विश्वकप: पाराग्वेमाथि अमेरिकाको जित
    रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला
    आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
    आज सुन तोलामा ५ हजार बढ्यो, कति पुग्यो?
    आज यी ठाउँमा हुँदै छ भारी वर्षा
    आज पनि ह्वात्तै घट्यो सुनको मुल्य

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

    • २.
      रुकुम पश्चिमका ६ वटा स्थानीय तहलाई २ अर्व ३५ करोड संघीय अनुदान(हेर्नुस् कुन पालिकालाई कति ?)

    • ३.
      आठबिसकोटमा सडक मापदण्ड कार्यान्वयनका क्रममा घरटहरा भत्काइयो

    • ४.
      डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

    • ५.
      रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य

    • ६.
      दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

    भर्खरै

    • १.
      फिफा विश्वकप: पाराग्वेमाथि अमेरिकाको जित

    • २.
      रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

    • ३.
      आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

    • ४.
      आज सुन तोलामा ५ हजार बढ्यो, कति पुग्यो?

    • ५.
      आज यी ठाउँमा हुँदै छ भारी वर्षा

    • ६.
      आज पनि ह्वात्तै घट्यो सुनको मुल्य

    • ७.
      प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.