• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, फागुन २३, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने

१८ वर्ष पछि विप्लवले गरे मतदान l

तनाव पछी दोलखाको मालुमा मतदान स्थगित

सिरहा क्षेत्र नं. ३ : नगद सहित जसपा उम्मेदवार पक्राउ ।

भक्तपुरमा कार दुर्घटना: तीनको मृत्यु दुई घाइते ।

ह्वात्तै बढ्यो सुनको मुल्य

साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा एमाले परित्याग गरेर २३ जना नेकपामा प्रवेश

  • २. संसदमा पुगेर जनताका मुद्दा उठाउँछु- उम्मेदवार शर्मा

  • ३. मध्यपूर्वमा तनावः खाली गराइयो विश्वकै अग्लो भवन बुर्ज खलिफा

  • ४. खामेनीको मृत्युपछि इरानले दियो इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने धम्की

  • ५. रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

  • ६. मुस्ताङमा दुर्घटनामा परी निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

  • ७. हवाई आक्रमणमा इरानी सेना प्रमुख र रक्षा मन्त्रीको पनि मृत्यु भएको पुष्टि

  • ८. इजरायलले गर्यो इरान माथी आक्रमण हवाई सेवा ठप्प

  • ९. चुनाव आउँदा पनि रित्तै छ धारापानी, यहाँका जनताले आश्वासन पनि सुन्न पाएनन् ।

  • १०. रुकुम पश्चिममा पाचौँ पटक उम्मेदवार बनेका जनार्दन लाई आफ्नै सहकर्मी देखि नयाँ अनुहारको चुनौती

जहाज नउड्ने एयरपोर्ट


  •   शुक्रबार, जेठ ०२, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिम । कालोपत्रे पछि जहाज पर्खेर बसेको चौरजहारी विमान्स्थल सर्वसाधारण का लागि कागलाई बेल पाक्यो हर्ष न बिस्मात! जस्तै भएको छ । एयरपोर्ट छ । तर जहाज उड्दैनन्। आज भन्दा ५४ वर्ष अघि रुकुम पश्चिमको चौरजहारीमा विमानस्थल बनाईयो । २०२८ सालमा निर्माण भएको विमानस्थल ४२ वर्ष पछि २०७० -७२ सालमा धावनमार्ग कालोपत्रे गरियो । कच्ची धावनमार्ग हुँदा फाट्टफुट्ट उडान हुने यो विमान्स्थल पक्की भएपछी उडान नै बन्द भए । १२ वर्षदेखि चौरजहारीमा जहाज अवतरण नै भएनन् । बिमानस्थल छ तर जहाज उड्दैनन्। २०२८ सालदेखि सञ्चालनमा आएको चौरजहारी विमानस्थल २०७० सालको फागुनबाट सञ्चालनमा छैन । कालोपत्रे भएदेखि नै पुर्ण रुपमा बन्द अवस्थामा छ । विमानस्थलको बन्द अवस्थाको मुख्य कारण नेपाल वायु सेवा निगमसँग जहाज र जनशक्ति अभाव हुनु हो।

    Advertisement

    मध्यपहाडी लोकमार्ग र भेरी करिडोरको बिचमा पर्ने यो बिमानस्थल छिमेकी जिल्ला जाजरकोट , सल्यान र रुकुमका बासिन्दा लाई लक्षित गरी बनाईएको थियो । तिन वटै जिल्लाको पायकपर्ने ठाउँबाट उडान हुने भएपछी सर्वसाधारणमा जागेको आशा लामो समय बन्द हुँदा निराशामा बदलिएको छ । ५ करोड ५९ लाख ४९ हजार ९ सय ५२ रुपैयाँ लागतमा कालोपत्रे भएको बिमानस्थल एकदशक देखि बन्द हुँदा अहिले धावनमार्ग झाडीमा परिणत भएको छ । बिमानस्थल वरपर गाईबस्तु चराउने र चराचुरुङ्गीको बासस्थल बनेको छ । कालोपत्रे हुनुअघि आज भन्दा १२ वर्ष पहिले विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजले सातामा दुई दिन उडान गर्थ्यो । तर अहिले उडान नै हुँदैनन्।

    चौरजहारी नगरपालिका-१ का वडा अध्यक्ष इन्द्रबहादुर गिरी भन्छन, एयरपोर्ट पिच भएदेखी जहाज नै आउन छोडेका छन्। अहिले त विमानस्थलका सबै सामान सहित कार्यालय नै सारिसके करोडौँमा कालोपत्रे भएको धावनमार्ग अलपत्र अवस्थामा छ । नियमित सञ्चालनका लागि स्थानीय सरकारले पटक पटक निगममा अनुरोध गर्दा पनि व्यवास्था गरिन्छ । गिरीका अनुसार करिब १२ वर्षदेखि नै चौरजहारीमा जहाज आउन बन्द भएका छन्। बिमानस्थल नै बन्द भएपछि अब जहाज आउने आशा समेत नरहेको स्थानीय दौलत बिष्ट बताउँछन्।, जहाज बन्द हुदा मिसन अस्पतालबाट रेफर गर्नुपर्ने बिरामी बढी मर्कामा परेका बिष्ट बताउँछन्। जाजरकोट सल्यान र रुकुम पश्चिमबासी लाई लक्षित गरेर बनाईएको बिमानस्थल बन्द हुँदा राज्यको लगानी खेर गैरहेको छ ।

    लामो समयदेखि बिमानस्थल बन्द भएपछी यात्रुहरु मारमा पर्दै आएका छन्। अहिले बिमानस्थलको कार्यालय र सुरक्षाकर्मी समेत हटाईएको छ । निगमका अनुसार नियमित उडान हुन नसक्दा समस्या भएको जनाईएको छ । पहिले हप्तामा दुई दिन उडान भर्ने विमानस्थल र टावर मा अहिले कर्मचारी पनी छैनन्। विमानस्थल अनिश्चित भएपछि रुकुम जिल्लाकै सबैभन्दा ठुलो मिसन अस्पतालमा आउने जटिल अवस्थाका बिरामीहरु सास्ती खेप्दै आएका छन् । चौरजहारीबाट सबै सामग्री सहित कार्यालय नै उठाएर नेपालगन्ज लगिएको छ । विमानस्थलको स्तरोन्नति तथा निर्माणका लागि भन्दै आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेटमा सरकारले १२ अर्ब २४ करोड बजेट समेत विनियोजन गरेको थियो ।

    विमानस्थल बन्द हुँदा यात्रु मात्रै मारमा परेका छैनन्। नयाँ शहरको रुपमा रहेको चौरजहारी आन्तरिक तथा बाह्य पर्यटक आउन कठिन भएको छ । , जसले होटल, ट्राभल एजेन्सी, गाइड, रेस्टुरेन्ट जस्ता व्यवसायहरूमा ठूलो घाटा पुर्याएको छ । भने हवाई मार्गबाट आउने अत्यावश्यक सामग्री, औषधि, कृषि वस्तु तथा अन्य व्यापारिक सामान ढुवानीमा ढिलाइ हुने गरेको छ । कार्यालय नै बन्द भएपछि विमानस्थलसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संलग्न कर्मचारी, व्यवसायी, सवारी चालक, र ट्राभल एजेन्टहरू सबैको रोजगारी प्रभावित भएको छ ।

    अत्यावश्यक अवस्थामा बिरामीलाई तुरुन्त काठमाडौँ वा अन्य स्थानमा लैजान हवाई मार्ग प्रयोग गरिन्छ। तर विमानस्थल बन्द हुँदा जीवनरक्षक उद्धार कार्य प्रभावित हुनुका साथै हजारौँ बिरामीले सास्ती खेप्दै आएका छन्। भौगोलिक रूपमा विकट र पहाडी क्षेत्रका लागि विमानस्थलहरू केवल यातायातको माध्यम मात्र नभई विकास, राहत, उद्धार, पर्यटन र व्यापारको मेरुदण्ड हुन्। त्यसैले कुनै पनि विमानस्थल लामो समयका लागि बन्द हुनु भनेको समग्र क्षेत्रीय र राष्ट्रिय प्रणालीमा गहिरो असर पर्ने संकेत हो।

    • बिमानस्थल
    • रुकुम चौरजहारी
    शुक्रबार, जेठ ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी
    रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित
    चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने
    १८ वर्ष पछि विप्लवले गरे मतदान l
    तनाव पछी दोलखाको मालुमा मतदान स्थगित
    सिरहा क्षेत्र नं. ३ : नगद सहित जसपा उम्मेदवार पक्राउ ।

    लोकप्रिय

    • १.
      आठबिसकोटमा एमाले परित्याग गरेर २३ जना नेकपामा प्रवेश

    • २.
      संसदमा पुगेर जनताका मुद्दा उठाउँछु- उम्मेदवार शर्मा

    • ३.
      मध्यपूर्वमा तनावः खाली गराइयो विश्वकै अग्लो भवन बुर्ज खलिफा

    • ४.
      खामेनीको मृत्युपछि इरानले दियो इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने धम्की

    • ५.
      रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

    • ६.
      मुस्ताङमा दुर्घटनामा परी निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

    भर्खरै

    • १.
      रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

    • २.
      रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

    • ३.
      चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने

    • ४.
      १८ वर्ष पछि विप्लवले गरे मतदान l

    • ५.
      तनाव पछी दोलखाको मालुमा मतदान स्थगित

    • ६.
      सिरहा क्षेत्र नं. ३ : नगद सहित जसपा उम्मेदवार पक्राउ ।

    • ७.
      भक्तपुरमा कार दुर्घटना: तीनको मृत्यु दुई घाइते ।

    • ८.
      ह्वात्तै बढ्यो सुनको मुल्य

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.