काठमाडौंमा आज अपरान्ह्पछि वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौंमा आज आंशिक बदली हुनेछ ।
Advertisement
मौसमविद्हरुका अनुसार नेपालमा आज पनि पश्चिमी र स्थानीय वायुको प्रभावका साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव कायमै छ ।
दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।