सोलुखुम्बु केन्द्रबिन्दु भएर बुधबार साँझ ४.६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प साँझ ६ बजेर ११ मिनेट जाँदा महसुस गरिएको हो।
Advertisement
भूकम्पको केन्द्रबिन्दु सोलुखुम्बुको छेस्काम आसपास रहेको पुष्टि भएको छ। भूकम्पको धक्का सोलुखुम्बुसहित आसपासका क्षेत्रहरूमा पनि महसुस गरिएको थियो।
हालसम्म यो भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। स्थानीय प्रशासनले सम्भावित क्षतिको विवरण संकलन गर्न क्षेत्रीय निरीक्षण सुरु गरिसकेको छ।