आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका – ९ नम्वर वडा पूर्ण खोप वडा घोषणा गरिएको छ । स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता: पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मुल नारा सहित आज पूर्ण खोप वडा घोषणा गरिएको हो ।
आठबिसकोट नगरपालिका-९ नम्वर खोप समन्वय समितिको आयोजनामा नगर अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका निमित्त प्रमुख धनन्जय रिजालले खोप अभियानको प्रतिबेदन प्रस्तुत सँगै पुर्ण खोप सुनिश्चित तथा दिगोपना वडा घोषणाको प्रतिबद्धता पढेर सुनाएका थिए ।
सो वडालाई पूर्ण खोप वडा घोषणा गर्ने कार्यक्रम अनुरूप १५ महिनाको उमेर भित्र बालबालिकाले पाउनुपर्ने सबै खोपहरू प्राप्त गरेर सुनिश्चित गरिएको हो ।
“आजको यो महत्वपूर्ण क्षणमा हामी सबैलाई हर्षको अनुभूति भएको छ कि हाम्रो वडा पूर्ण खोप वडा घोषित भएको छ। वडा नम्वर -९ का वडाअध्यक्ष जनक बहादुर बटालाले भने, यो उपलब्धि सहज र सामान्य रुपमा प्राप्त भएको होइन। यो हाम्रो स्वास्थ्यकर्मी, स्वयंसेवक, वडा कार्यालय, अभिभावक तथा समुदायका सबै सदस्यहरूको निरन्तर प्रयास, समर्पण र सहयोगको परिणाम हो।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा बरिष्ठ शिक्षा अधिकृत ईन्द्र बहादुर बिष्टले खोप भनेको केवल सुई लगाउनु मात्र नभई यो भविष्यका रोगहरूसँगको सुरक्षा कवच भएको बताए । बिष्टले भने, खोपले हामीलाई धेरै गम्भीर रोगहरूबाट जोगाउँछ, बालबालिकालाई स्वस्थ राख्छ र समाजलाई रोगमुक्त बनाउँछ। आजको यो उपलब्धिले हामीलाई अझ बढी जिम्मेवार बनाएको छ, ताकि आगामी दिनहरूमा पनि हामी स्वास्थ्य र सरसफाइप्रति सचेत बनाउँछ ।
यस्तो छ समायोजन प्रतिवेदन


