सोमबार देशका विभिन्न स्थानमा आएको भारी वर्षा सँगै काभ्रेमा पनि ठुलो क्षति भएको छ ।
Advertisement
काभ्रेमा सोमबार ६ घण्टामै ३९.६ मिलीमिटर वर्षा भएको छ।
बाढीले बगाउँदा पनौती नगरपालिका ५ की २८ वर्षीया रेनुका गिरी वेपत्ता भएकी छन । भने पनौती नगरपालिका ३, ५, ६, ४, ७, ८, ९, १० मा ठूलो क्षति भएको छ ।
बाढीका कारण विपिराजमार्ग अवरुद्ध बनेको छ । रोशी खोलामा आएको बाढीले राजमार्ग सहित भित्री सडकहरु पनि अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।