रुकुम पश्चिमको सानीभेरी गाउँपालिका १० तिमीलेमा भएको स्कार्पियो दुर्घटनामा श्रीमान श्रीमतीको मृत्यु भएको छ ।
सोमबार दिउँसो दाङबाट कुल पुजा गर्न रुकुम पश्चिम आएर फर्कने क्रममा लु.प्र. ०२-००१ च ०१७७ नम्बरको स्कार्पियो दुर्घटना भएको थियो ।
आज दुर्घटनामा परेर सानीभेरी गाउँपालिका वडा नम्बर १० घर भई हाल दाङको तुल्सीपुरमा बस्दै आउनुभएका ५० वर्षीय नरबहादुर ओली र उहाको श्रीमती ४४ वर्षीया लिला ओलीको मृत्यु भएको हो ।
नरबहादुरको घटनास्थलमै मृत्यु भएको हो भने उहाँको श्रीमतीको उपचारको लागि चौरजहारी अस्पताल मा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा परेका अन्य दुई जना गम्भिर घाइते रहेका छन् । घाइते हुनेमा मृतक ओलीको माइती आमा ६० वर्षीया रुद्री ओली र चालक दाङको तुलसीपर उपमहानगरपालिका ७ बस्ने ४४ वर्षिय लिलामणी भण्डारी रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई उपचारको लागि अहिले चौरजहारी अस्पतालमा पुर्याइएको छ ।