आठबिसकोट । रुकुम पश्चिमको सल्ले बिमानस्थलमा अब हप्तामा दुई पटक उडान हुने भएको छ । नेपाल वायुसेवा निगमले रुकुम – काठमाडौं हप्तामा दुई दिन उडान गर्ने भएको हो। केही समय बन्द रहेको बिमानस्थल अब निरन्तर सञ्चालनमा रहने जनाईएको छ ।
Advertisement
निगमले यस अघि हप्तामा काठमाण्डौ र नेपालगञ्जबाट १/१ दिन उडान गर्दै आएको थियो । निगमका अनुसार अब आइतबार र बिहीबार–काठमाडौं–रुकुम–नेपालगन्ज र मंगलबार र शुक्रबार–नेपालगन्ज–रुकुम–काठमाडौ उडान हुनेछन ।
रुकुमबाट काठमाण्डौको लागि १० हजार ८० र नेपालगन्जको लागी ४ हजार ५ सय ३७ रुपैयाँ भाडादर रहेको छ ।