छबिलाल बिष्ट
सानीभेरी । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १० तिमिले मा गाडी दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
Advertisement
लु प्र ०२-००१ च ०१७७ नम्बरको स्कार्पियो गाडी दुघर्टना हुँदा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १० घर भई हाल दाङको तुल्सीपुरमा बस्दै आउनुभएका ५० वर्षीय नरबहादुर ओलीको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीका अनुसार दुर्घटनामा परेर उहाँको श्रीमती, माइली आमा र गाडी चालक घाइते हुनुभएको छ। गाडीमा चालक सहित चार जना रहेको बताइएको छ ।
कुल पूजाको लागि दाङबाट रुकुम पश्चिम आएका उनीहरु दाङ फर्कने क्रममा तिमीलेमा दुर्घटना भएको हो ।