आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोटमा एक युवक झुन्डिएको अवस्थामा फेला परेका छन्। शनिवार राती जिल्लाकोआठबिसकोट नगरपालिका–७ स्थित ज्यामिरेमा आफ्नै घर नजिकैको रुखमा २१ वर्सिय बल बहादुर बुढाथोकी झुन्डिएको अवस्थामाफेला परेको ईलाका प्रहरी कार्यालय आठबिसकोटले जनाएको छ ।
Advertisement
बुढाथोकी की श्रीमती र भखरै जन्मिएका एक बच्चा छन्। स्थानीयका अनुसार मृतक बुढाथोकी घरमा एक्लै थिए । उनकी आमासासुआमालाई अस्पताल लिएर नेपालगन्ज गएको र सासुआमा को पनि बिच बाटोमै मृत्यु भएको जनाईएको छ ।
बुढाथोकीको शब आठबिसकोट स्थित नगर अस्पतालमा पोष्टमार्टम भैरहेको प्रहरीले जनाएको छ । झुन्डिएको कारण भने भने खुल्नसकेको छैन्।