• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, असार ०३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज सुनको मुल्य घट्यो

सरकारले संसदलाई हेपिरहेको छ : गोपाल शर्मा

रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

आज सामान्य बढ्यो सुनको मुल्य

आज ७ वटै प्रदेशमा चट्यांग सहित वर्षाको सम्भावना

रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

सुनको मुल्यमा भारी वृद्धि

विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

किन नाचिन्छ भूमे नाँच ? यस्तो छ रहस्य

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

  • २. रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

  • ३. आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

  • ४. आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा

  • ५. रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

  • ६. सुनको मुल्यमा भारी वृद्धि

  • ७. विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

  • ८. आज सुन तोलामा ५ हजार बढ्यो, कति पुग्यो?

  • ९. किन नाचिन्छ भूमे नाँच ? यस्तो छ रहस्य

  • १०. आज यी ठाउँमा हुँदै छ भारी वर्षा

पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी


  •   आइतबार, बैशाख २८, २०८२ मा प्रकाशित
  • धवलागिरी गाउँपालिका–१ गुर्जास्थित तास्नाधुरी पर्यटकका पर्खाइमा छ । हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोलको दृष्यावलोकन र एकान्त वातावरणमा रमाउन सकिने तास्नाधुरी प्रचारप्रसार र पूर्वाधारको कमीले ओझेल परेको हो । समुद्री सतहबाट तीन हजार २०० मिटर उचाइमा रहेको तास्नाधुरीबाट गुर्जा, धवलागिरि र अन्नपूर्ण हिमाललाई नजिकैबाट नियाल्न सकिन्छ ।

    Advertisement

    गुर्जाका बासिन्दा तुलसी छन्त्यालले तास्नाधुरीमा न्यून सङ्ख्यामा पर्यटक आउने गरेको बताउनुभयो । गुर्जामा अल्पसङ्ख्यक छन्त्याल समुदायको संस्कृति, रहनसहन र जीवनशैलीमा रमाउन पर्यटक आउँछन् । “पहाडको फेदीमा रहेको गुर्जाबाट डाँडाले छेक्ने भएकाले हिमाल देखिँदैन”, उहाँले भन्नुभयो, “दृष्यावलोकनका लागि पर्यटकलाई तास्ना उकाल्न सकेमा बसाइ लम्ब्याउन सकिन्छ ।”

    गुर्जाबाट एक घण्टा पैदलयात्रा गरेपछि तास्नाधुरी पुगिन्छ । गुुर्जा गाउँको शिरमा भिरालो पाखोमा तास्नाधुरी अवस्थित छ । तास्नावरपरको पाखामा वसन्तयाममा गुराँस र बर्खामा बुकी फुलेर रङ्गिन्छ । तास्नाको बुकीपाटन घरपालुवा गाईभैँसी र भेडाबाख्राको घुम्ती गोठ राख्ने चरन खर्क हो ।

    हालै गुुर्जा घुुमेर आउनुभएका बेनीका नारायण शर्माले हिमाल हेर्दै हाइकिङ गरेर तास्नाधुरी पुग्दा उकालो यात्राको थकान भुुलाएको अनुुभव सुनाउनुभयो । डाँडामा बसेर पृष्ठभूमिमा हिमाललाई नजिकबाट नियाल्न पाउँदा मन प्रफुल्ल भएको उहाँले बताउनुभयो । प्रकृतिसँग रमाउन तास्नाधुरी उपयुक्त गन्तव्य भएको शर्माको अनुभव छ ।

    गुर्जामा पाहुनाको बसाइ लम्ब्याउन तास्नाधुरीलाई सहायक गन्तव्यका रूपमा विकास गर्न पूूर्वाधार निर्माण थालिएको छ । वडाध्यक्ष झक छन्त्यालले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको रु १० लाख बजेटबाट गुर्जाको नाइलीबारीबाट तास्नाधुरी जोड्ने पदमार्ग निर्माण गरिएको बताउनुभयो ।

    बीस जना बेरोजगार युवायुवती परिचालन गरेर तीन किलोमिटर पाँच सय मिटर पदमार्ग निर्माण गरिएको छ । गोठला र स्थानीयवासीले घाँस, दाउरा गर्न तास्नाधुरी जावतजावत गर्न प्रयोग गरेको परम्परागत बाटोलाई स्तरोन्नति गरेर पदमार्ग बनाइएको हो । माटो काट्ने र ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाइएको छ । पदमार्ग बनेपछि भिर र पाखोमा जोखिम मोलेर यात्रा गर्नुपर्ने तथा बाटो बिराउने समस्या हटेको छ, यात्रा सुरक्षित भएको छ ।

    बिचित्रका हिमाली र पहाडी धरातल, वनस्पति र सामाजिक संस्कृतिले भरिपूर्ण गुर्जागाउँमा अझै पनि प्राचीन समाजका अवशेष भेट्न पाइन्छ । गुर्जाबाट ढोरपाटन, गुर्जा, पुथा, चुरेन हिमालको आधार, डोल्पा र पूर्वीरुकुम जान सकिन्छ ।

    आइतबार, बैशाख २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज सुनको मुल्य घट्यो
    सरकारले संसदलाई हेपिरहेको छ : गोपाल शर्मा
    रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा
    आज सामान्य बढ्यो सुनको मुल्य
    आज ७ वटै प्रदेशमा चट्यांग सहित वर्षाको सम्भावना
    रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

    • २.
      रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

    • ३.
      आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

    • ४.
      आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा

    • ५.
      रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

    • ६.
      सुनको मुल्यमा भारी वृद्धि

    भर्खरै

    • १.
      आज सुनको मुल्य घट्यो

    • २.
      सरकारले संसदलाई हेपिरहेको छ : गोपाल शर्मा

    • ३.
      रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

    • ४.
      आज सामान्य बढ्यो सुनको मुल्य

    • ५.
      आज ७ वटै प्रदेशमा चट्यांग सहित वर्षाको सम्भावना

    • ६.
      रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

    • ७.
      सुनको मुल्यमा भारी वृद्धि

    • ८.
      विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.