• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

लोकप्रिय समाचार

  • १. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • २. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • ३. विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

  • ४. कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

  • ५. सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

  • ६. सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

  • ७. सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

  • ८. रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा …

  •   आइतबार, बैशाख २८, २०८२ मा प्रकाशित
  • चितवन ।  चितवनको विकट कान्दामा अझै सवारी साधन पुगेको छैन । चेपाङ समुदायको बसोबास रहेको सो स्थानमा सवारी साधान पुगेको ठाउँबाट दुई घण्टा बढी पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । तर, बोकेरै भए पनि यहाँका चेपाङ समुदायले गाउँमा पहिलोपटक हाते ट्रयाक्टर पुर्याएका छन् ।

    Advertisement

    पहिलोपटक बारी जोत्ने ट्रयाक्टर पुग्दा उनीहरु दङ्ग छन् । मितेरी कृषक समूहका अध्यक्ष सीताबहादुर चेपाङ गाउँमै हाते ट्रयाक्टर आइपुग्दा सबै स्थानीय खुसी भएको बताए । उनले भने, “युवाहरु श्रम गर्न बाहिर जाँदा गाउँमा बुढाबुढी र बालबालिकामात्र रहनुपर्ने अवस्था छ, गोरु पाल्ने परम्परा पनि घट्दै जाँदा खेतबारी बाँझै हुने अवस्था थियो । अब हाते ट्रयाक्टरले जोत्न पाउँदा सहज हुने भयो ।”

    राप्ती नगरपालिका–१३ मा पर्ने कान्दा चितवनको सबैभन्दा विकट ठाउँ पनि हो । अहिलेसम्म विद्युतीकरणसमेत नभएको कान्दा पूर्वपश्चिम राजमार्गको भण्डाराबाट चेपाङ मार्ग हुँदै दुई घण्टा गाडीको यात्रा गरेपछि भञ्ज्याङ पुगिन्छ । त्यहाँबाट झण्डै दुई घण्टा हिँडेपछि मात्र कान्दा पुग्न सकिन्छ । उनीहरूले शनिबार बोकेरै हाते ट्रयाक्टर कान्दा पुर्याएका हुन् । हाते ट्रयाक्टर बोक्न सबै गाउँले उपस्थित भएका थिए ।

    यस ठाउँमा १५ वर्षअघि जङ्गली च्याउ खाँदा एकै परिवारका आठ जनाको मृत्यु भएको थियो । त्यसपश्चात यस ठाउँमा विभिन्न सङ्घसंस्थाको सहयोगमा रुपान्तरणका काम भइरहेका छन् । जङ्गली कन्दमूल खाएर जीवनयापन गर्दै आएका यहाँका चेपाङ समुदाय पछिल्लो समयमा आफैँ कृषि पेसा गरेर जीविकोपार्जन गर्दै आएका छन् । कृषि पेसालाई व्यावसायिक बनाउन सहयोग गर्न यस हाते ट्रयाक्टरले धेरै सहयोग पुग्ने विश्वास अध्यक्ष सीताबहादुरको छ ।

    स्थानीय किसान कृष्णबहादुर प्रजाले गाउँमा पहिलोपटक ट्रयाक्टर देख्न पाउँदा नयाँ युगमा प्रवेश गरेको अनुभूति गरेको बताए । उनले सबै कुराले पछाडि परेको कान्दालाई राज्यले ध्यान दिन नसकेको गुनासो गरे ।

    कृषि विकास कार्यालयको ५० प्रतिशत अनुदान र भरतपुरको सेन्ट्रल कलेजको ५० प्रतिशत सहयोगमा विकट कान्दामा हाते ट्रयाक्टर पुगेको हो । पैसठ्ठी घर रहेका कान्दामा मितेरी कृषक समूहमार्फत किसान एकीकृत भएर कृषि पेसा गरिरहेका छन् । यस्तै सोही ठाउँको कान्देश्वरी आधारभूत विद्यालयको छात्राबासको जग्गामा पनि कृषिखेती गरिएको छ । त्यहाँ उत्पादन भएको तरकारी र अन्न छात्राबासमा बसोबास गरेर अध्ययन गर्ने चेपाङ बालबालिकालाई खुवाउने गरिएको छ ।

    हाते ट्रयाक्टर कृषक समूह र छात्राबास दुवैका लागि प्रयोगमा ल्याइने कान्देश्वरी आधारभूत विद्यालयका प्राधानाध्यापक बालकृष्ण थपलियाले बताए । उनले यहाँका किसानलाई हाते ट्रयाक्टर उपलब्ध भएपछि बारी जोत्न र उत्पादन बढाउन सहयोग मिल्ने बताए । “कृषि उत्पादनसँग यहाँ अध्ययनरत चेपाङ बालबालिकालाई जोड्ने गरेका छौँ”, उनले भने, “बालबालिकाकै माध्यमबाट अभिभावकहरू पनि यसतर्फ आकर्षित भइरहनुभएको छ ।”

    सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेलले पछाडि परेका चेपाङ समुदायलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए। उनले राज्य र निजी क्षेत्रको सहकार्य र सहयोगबाट नै चेपाङ समुदायमा रुपान्तरण ल्याउन सकिने बताए ।

    कान्दामा लामो समयदेखि काम गरिहेको मितेरी फाउन्डेसनका अध्यक्ष तथा पत्रकार रमेशकुरमार पौडेलले हाते ट्रयाक्टर पुर्याउनका लागि सहजीकरण गरेका थिए । उनले चेपाङ समुदायले लामो समयदेखि परम्परागत कृषि प्रणालीबाट खेती गरिरहेकाले व्यावसायिकताका लागि सहजता ल्याउन किसानको अवस्था देखेर हाते ट्रयाक्टर उपलब्धताका लागि पहल गरिएको बताए ।

    “किसानले चाहना गरे पनि आर्थिक अवस्थाले भ्याउने थिएन, अनुदानको ट्रयाक्टरमा पनि ५० प्रतिशत रकम जुटाउन नसकेपछि सहयोगी हात खोजेका हौँ”, उनले भने । यहाँका चेपाङ समुदायको जीवनस्तर कृषिमार्फत सुधार्न सकिने भन्दै त्यसका लागि राज्यका निकायले ध्यान दिनुपर्ने उनको भनाइ छ । यहाँका किसानले मकै, कोदो, फापर र तरकारीखेती गर्दै आएका छन् । हावापानीका दृष्टिकोणले चिसो मौसम रहेको यस ठाउँमा मौसमअनुसारका फलफूलखेती गर्न सकिन्छ । रासस

    आइतबार, बैशाख २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।
    सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।
    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    लोकप्रिय

    • १.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • २.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ३.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ४.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ५.
      सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

    • ६.

    • ७.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ८.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.