काठमाडौं । सरकारले पटकपटक सामाजिक सञ्जाल दर्ता गर्न गरेको प्रयास असफल भएको छ । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अमेरिकी सामाजिक संजाल प्लेटफर्मलाई दर्ता हुन पटक–पटक गरेको आग्रह र प्रतिबन्ध नै लगाउने चेतावनी दिए पनि सरकारलाई नटेरेका पाइएको छ ।
Advertisement
पछिल्लो समय मन्त्री गुरुङले सामाजिक संजाललाई नेपालको कानुनअनुसार सूचीकृत हुन दिएको समयसीमा पटक–पटक घर्के पनि सरकारले कुनै कदम चाल्न सकेको छैन ।
९ दिनअघि पनि मन्त्री गुरुङले १ हप्तामा ती प्लेटफर्महरू दर्ता नभए बन्द गर्ने चेतावनी दिएका थिए ।
पटक पटक दर्ता हुन आग्रह गरेपनी अहिलेसम्म ती प्लेटफर्महरू नेपालमा सूचीकृत भएका छैनन् भने सरकारले सुचिकृत नभएमा बन्द गर्ने चेतावनी दिएपनि अहिले सम्म कुनै कदम उठाएको छैन ।