सुर्खेतको भेरीगंगा नगरपालिका–१२ स्थित खोल्सामा आइतबार मृत अवस्थामा फेला परेकी २६ वर्षीया प्रेमा ओलीको हत्या उनका श्रीमान् दर्शन खत्रीले गरेका हुन् भन्ने खुलेको छ। प्रहरीका अनुसार शनिबार बेलुका झगडाको क्रममा खत्रीले ढुंगाले प्रेमाको टाउकोमा प्रहार गरेका थिए।
Advertisement
हत्या पछि घटनालाई आत्महत्याजस्तो देखाउन उनले प्रेमाको घाँटी सलले बेरेर खोल्सामा फालेका थिए।
दर्शन नेपाली सेनामा कार्यरत छन् र अन्य महिलासँगको सम्बन्धका कारण श्रीमान-श्रीमतीबीचको विवाद झनझन चर्कँदै गएको थियो। पाँच वर्षदेखि चलेको विवाद अन्ततः हत्यामा परिणत भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
हाल प्रेमा ओलीको शव कर्णाली प्रदेश अस्पतालमा राखिएको छ भने दर्शन प्रहरी नियन्त्रणमा छन्।