नेकपा माओवादी केन्द्र सम्बद्ध युवा सङ्गठन योङ्ग कम्युनिस्ट लिग (वाइसिएल) रुकुम पश्चिमको आठबिसकोट नगर सम्मेलन सम्पन्न भएको छ । वैशाख १८ गते वाइसिएलको तेस्रो नगर सम्मेलन सम्पन्न भएको हो ।
Advertisement
सम्मेलनबाट नयाँ कार्यसमिति समेत चयन भएको छ । आठबिसकोटमा सम्पन्न सम्मेलन बाट सुशील विकको अध्यक्षतामा ३५ सदस्यीय नगर समिती गठन भएको हो । जसको उपाध्यक्षमा नमु बुढा , केशब मल्ल , जीवन थापा र सचिवमा दिपक बि क चयन भएका हुन्।
त्यस्तै संगठनको सहसचिवमा सचिन , बिकास चन्द , दिपक र भगवती बि. क कोषाध्यक्ष मा चयन भएका हुन्। तेस्रो सम्मेलन आठबिसकोट स्थित पार्टीका नेता तथा कार्यकर्ताको उपस्थितिमा सम्पन्न भएको बताईएको छ ।