नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट वाइसिएल आठबिसकोटको सम्मेलन आजदेखि सुरु भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा वाइसियल नेपालको आठबिसकोट नगर सम्मेलन सुरु भएको छ । मंगलबार आठबिसकोट स्थित राडीज्युला शिक्षा क्याम्पसमा तेस्रो नगर सम्मेलन सुरु भएको हो । 
Advertisement
सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने जनाईएको छ । आजै बन्दसत्र सुरु भएर नयाँ नगर कमिटी निर्माण हुने बताईएको छ । उधमशिलता नवप्रवर्धन र स्वरोजगारका लागी आजको युवा आन्दोलन, सुसासन, सामाजिक न्याय समृद्धि र समाजवादको पक्षमा नगर सम्मेलन भन्ने मुलनाराका साथ सम्मेलन सुरु भएको हो ।
कर्णाली प्रदेशका पुर्वमन्त्री तथा माओवादी नेता रातो कामीले सम्मेलनको उद्घाटन गरेका हुन्। सम्मेलनमा नगरपालिकाका १४ वटै वडाहरु बाट प्रतिनिधीहरुको उपस्थिति रहेको छ ।