• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बिहिबार, भदौ १८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

एलपी ग्यास अभावको जोखिम बढेपछि उपत्यकामा दैनिक २ सय ट्रक परिचालन

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न ओली धादिङ तर्फ लागे

भोटेकोशी बाढी : १ हजार १२७ शव फेला, ४ हजार ८५८ बेपत्ताको खोजी जारी

बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

आज यी ठाउँमा हुने छ भारी वर्षा

भोटेकोशी बाढीः पोखरामा २१ शवको सनाखत

चलचित्र “हितको माया”को विशेष प्रदर्शन सम्पन्न

रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

लोकप्रिय समाचार

  • १. चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

  • २. रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

  • ३. यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

  • ४. पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

  • ५. चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

  • ६. रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

  • ७. रसुवा बाढी पीडितका लागि कोशी उद्योग वाणिज्य महासंघ अध्यक्ष राउतले दिए ११ लाख

  • ८. रसुवा बाढी : कर्णालीका १३४ जना सम्पर्क बिहिन

  • ९. शवको तस्बिर हेरेर पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान

  • १०. रसुवा बाढी : नेपाल लाइफ द्वारा २ करोड ५१ लाख सहयोग

तरबुजा खेती गरेरै जीविका चलाउँदै दुई सय परिवार


  •   सोमबार, बैशाख १५, २०८२ मा प्रकाशित
  • कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबुजा बिक्री गरेरै जीविका चलाउँदै आएका छन् । विगत १५ वर्षदेखि उनले बगरमा तरबुजाखेती गर्दै आएका हुन्।

    Advertisement

    माघमा रोपेको तरबुजा चैतको अन्तिम हप्तादेखि बिक्रीका लागि तयार हुन्छ । “पहिला साइकल र गोरुगाडामा राखेर गाउँगाउँ डुलाएर गहुँसँग साट्दै तरबुजा बिक्री गर्नु पर्दथ्यो”, उनले भने, “हाल अटोमा राखेर सिधै महेन्द्रगर, झलारी, अत्तरियालगायत बजारमा लगेर बिक्री गर्छौँ, तरबुजा बिक्री गरेको पैसा हातोहात पाइन्छ ।”

    बगरमा तरबुजा खेती गर्न वडा नं ३ का जोनापुर, पिपलाडीका बासिन्दा मात्रै संलग्न छैनन् । वडा नं ४ असैनाका स्थानीय बासिन्दाले पनि तरबुजा लगाएका छन् । उनीहरुले बगर बराबर भागबण्डा गरी तरबुजा, लौका, काँक्रा, फर्सीलगायत लहरे बाली लगाउने गर्छन् ।

    एक परिवारलाई भागमा चार कठ्ठादेखि पाँच कठ्ठासम्म परेको स्थानीय बुधराम चौधरीले बताए । भागमा परेको बगरमा तरबूजालगायत खेती गरी प्रत्येक परिवारले एक सिजनमा रु एक लाखदेखि रु एक लाख २० हजारसम्म आम्दानी गर्दै आएका छन् ।

    बगरमा माघको पहिलो हप्तादेखि तरबुजा, लौका, काँक्रा रोप्ने गरिन्छ । “फागुनदेखि नै काँक्रा र लौका बेच्न सुरु गर्छौँ”, लालु चौधरीले भने, “तरबुजा बेच्न भने चैतको अन्तिम हप्तासम्म पर्खिनुपर्ने हुन्छ ।”

    बगरमा उत्पादित लौका, काँक्रा, तरबुजा जोगाउन निकै सास्ती खेप्नुपर्ने अवस्था छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको स्याली नदीमा बगर खेती गरिएकाले जङ्गली जनावरले हरानी दिने गरेको लालुले बताए ।
    उनीहरू माघदेखि नै झोपडी बनाएर बगरमा बस्ने गरेका छन् । “बगरमा लगाएका विरुवा हुर्काउन सिँचाइ गर्ने, मल राख्ने, गोडमेल गर्ने, छेकवार निर्माण गर्नमै दिन बित्ने गरेका छन्”, अर्का स्थानीय छल्ली चौधरीले भने, “रातिका बेला जङ्गली जनावरबाट बिरुवा र त्यसमा लागेका फलहरु जोगाउन रखवारी गर्नुपर्ने हुन्छ ।”

    अझै पनि किसानलाई यी खेतीका लागि बीउ खरिद गर्न भारतीय बजारकै भर पर्नुपर्ने अवस्था छ । अरू किसानलाई अनुदान दिए जस्तै बीउ, रासायनिक मल, कीटनाशक र सिँचाइ गर्ने साधनमा अनुदान दिनुपर्ने उनीहरू बताउँछन् । भारतीय नागरिकले बगरमा गरेको खेती हेरेर यहाँका किसानले खेती थालेका हुन् ।

    बगर खेतीको आम्दानीले वर्षभरिको घरायसी खर्चसँगै बालबालिकाको विद्यालय खर्च धानिँदै आएको स्थानीय हिंगलाल चौधरी बताउँछन् । “१५ वर्षदेखि बगरमा खेती गर्दै आएका छौँ”, उनले भने, “सहयोग कतैबाट पाइएको छैन, आफ्नै बलबुतामा खेती गर्दै आएका छौँ ।” स्याली, सनवोरा, दोदा नदीको बगरमा खेती गर्ने किसानको सङ्ख्या दुई सय बढी छन् ।

    • तरबुजा खेती
    सोमबार, बैशाख १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न ओली धादिङ तर्फ लागे
    भोटेकोशी बाढी : १ हजार १२७ शव फेला, ४ हजार ८५८ बेपत्ताको खोजी जारी
    आज यी ठाउँमा हुने छ भारी वर्षा
    भोटेकोशी बाढीः पोखरामा २१ शवको सनाखत
    पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत
    बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने

    लोकप्रिय

    • १.
      चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

    • २.
      रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

    • ३.
      यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

    • ४.
      पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

    • ५.
      चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

    • ६.
      रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

    भर्खरै

    • १.
      एलपी ग्यास अभावको जोखिम बढेपछि उपत्यकामा दैनिक २ सय ट्रक परिचालन

    • २.
      बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

    • ३.
      बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न ओली धादिङ तर्फ लागे

    • ४.
      भोटेकोशी बाढी : १ हजार १२७ शव फेला, ४ हजार ८५८ बेपत्ताको खोजी जारी

    • ५.
      बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

    • ६.
      आज यी ठाउँमा हुने छ भारी वर्षा

    • ७.
      भोटेकोशी बाढीः पोखरामा २१ शवको सनाखत

    • ८.
      चलचित्र “हितको माया”को विशेष प्रदर्शन सम्पन्न

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.