अभिनेत्री अरुणिमा लम्सालले श्रीमान युवराज श्रेष्ठविरुद्ध सुनसरी जिल्ला अदालतमा सम्बन्धविच्छेद र अंश माग गर्दै मुद्दा दायर गरेकी छिन्।
हालै नेपाल आएकी अरुणिमाले विभिन्न अन्तरवार्ताहरूमा श्रीमानसँग कुनै अंशको दाबी नगरेको बताएकी थिइन्। तर, अदालतमा पेश गरिएको निवेदनमा भने उनले श्रीमानको सम्पत्तिलाई परिवारमा ६ भाग लगाएर त्यसको एक भागको आधा भाग आफूले पाउनुपर्ने माग गरेकी छिन्।
अरुणिमाले अन्तरवार्ताहरूमा विवाहपश्चात एक रात पनि श्रीमानसँग नसुतेको खुलासा गरेकी थिइन्। फिरादपत्रमा उनले श्रीमानमाथि विभिन्न आरोपहरू पनि लगाएकी छिन्।
मुद्दा दायर गरेपछि अरुणिमा अमेरिका फर्किसकेकी छन्। उनले आफ्नो तर्फबाट वारेस तोकेर मुद्दा अघि बढाउने तयारी गरेकी छन्। अब वारेसमार्फतै उनी यो मुद्दा लड्नेछिन्। परिवारको सम्पत्तिलाई ६ भाग लगाएर श्रीमानको अंशमा पर्ने एक भागको आधा आफूले पाउनुपर्ने अरुणिमाको माग दाबी छ ।