लामो समयदेखि काठमाडौँमा जारी शिक्षक आन्दोलनका क्रममा शिक्षकमाथि शिक्षकले नै कुटपिट गरेका छन्।
शनिवार दिउँसो बिजुलीबजारमा प्रदर्शनका क्रममा कैलालीको धनगडी उपमहानगरपालिका–१ का ५४ वर्षीय केशवराज जोशीमाथि कुटपिट भएको हो।
अहिले उक्त उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । काठमाडौँ प्रहरीका अनुसार उनी पनि आन्दोलनमा सहभागी भएका शिक्षक हुन्।