रुकुम पश्चिमको आठविसकोट नगरपालिका को गोतामकोटमा एक घर एक धारा सञ्चालनमा आएका छन। आठबिसकोट-५ मा यस अघि खानेपानीको चरम अभाव रहेको थियो । अहिले प्रत्येक घरमा धारा बनेपछी स्थानीयलाई सहज भएको छ ।
Advertisement
काथीना र भण्डारी गाउँमा १ सय ७३ घरधुरीलाई खानेपानीको धारा हस्तान्तरण गरिएको छ । हेल्भेटास नेपालको ५१ प्रतिशत र पहाडी क्षेत्र विकास अभियान कार्यक्रमको प्राविधिक सहयोग तथा नगरपालिकाको २४ प्रतिशत र २४ प्रतिशत जन श्रमदान गरी खानेपानीको धारा हस्तान्तरण गरिएको वडा नम्वर-५ का अध्यक्ष घनश्याम भण्डारीले जानकारी दिए।
१ करोड १५ लाख ३३ हजार ३ सय ६५ रुपैयाँमा उपभोक्ता समिति मार्फत धारा निर्माण गरिएको हो । खानेपानीको धारा घरमै आएपछी काथिना र भण्डारी गाउँबासीलाई राहत भएको छ ।