काठमाडौँ मा जारी शिक्षक आन्दोलनमा सहभागिता जनाएर फर्किएका शिक्षक सवार प्र. १ –०१–००१ ख ४२३५ नम्वरको यात्रुबाहक बस दुर्घटनामा परेको छ । काठमाडौँ बाट झापाको काकडभिट्टा जाँदैगर्दा झापाको दुधे माइधार सडक खण्डको मिलन चोकमा आज शनिबार बिहान ४ः४० बजे उक्त बस दुर्घटनामा परेको हो ।
Advertisement
दुर्घटनामा परि मेचीनगरका १३ जना शिक्षक सहित २३ जना यात्रु बसमा रहेको बताईएको छ । यात्रुहरुलाई समान्य चोटपटक लागेको तथा दुर्घटनामा घाइतेहरुको बिर्तामोड स्थित बीएण्डसी र बिर्तासिटी हस्पिटलमा उपचार भईरहेको छ ।