रुकुम पश्चिममा अवैध लागु औषध अफिम सहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले सानीभेरी गाउँपालिका –३ बाट दुई किलो अवैध अफिम सहित दुई जना पक्राउ गरेको हो ।
Advertisement
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेहरुमा कैलाली का ३५ वर्षीय कमल थापा र रुकुम पश्चिमको सानीभेरी गाउँपालिका –३ का ७२ वर्षीय अनन्ते पुन रहेका छन्। उनीहरुले मोटरसाईकलमा अफिम ओसारिएको गोप्य सुचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।