स्याङ्जाको गल्याङ नगरपालिकाले सामुदायिक विद्यालयमा आइतबारदेखि पठनपाठन सुरु गर्न आग्रह गरेको छ । नगर कार्यपालिका र नगर शिक्षा समितिका बैठकले आइतबारदेखि सामुदायिक विद्यालयमा पठनपाठन सुरु गर्ने गराउने निर्णय गरेको हो ।
Advertisement
गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित शिक्षकको आन्दोलनले सामुदायिक विद्यालयमा भर्ना अभियानदेखि पठनपाठन रोकिएको छ ।
नगरप्रमुख गुरुप्रसाद भट्टराईले जारी गरेको सूचनामा विद्यार्थी भर्ना, कक्षा सञ्चालन, पाठ्यपुस्तक वितरण, शैक्षिक तथा प्रशासनिक कार्यहरूमा तत्काल सञ्चालन गर्न आग्रह गरिएको छ । स्याङ्जाका विरुवा र हरिनास गाउँपालिकाले विद्यालयमा पठनपाठन सुरु गर्न आग्रह गरेका थिए । अहिले गल्याङले पनि आईतबार देखि पठनपाठन सुरु गर्न आग्रह गरेको छ । 