नेपाल प्रहरीले आकर्षक तलब सहित बैदेशिक रोजगारमा पठाईदिने भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार बिभिन्न देशहरु पठाउने प्रलोभनमा पारी ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
मोटो रकम असुलेर बिदेश पठाईदिन्छु भन्दै सम्पर्क बिहिन भएका रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका- ३ का आदर्श केसीले अमेरिका पठाईदिन्छु भनेर तीन जनाबाट ९२ लाख रुपैयाँ असुलेको प्रहरीले जनाएको छ । उनलाई काठमाडौं २६ बाट पक्राउ गरिएको हो।
त्यस्तै रुकुम पश्चिमको आठबिसकोट ७ का ईन्द्र कुमार रोकायलाई पनी पक्राउ गरिएको छ । रोकायले फ्रान्स पठाईदिन्छु भन्दै एक जना बाट ८ लाख रुपैयाँ असुलेर सम्पर्क बिहिन भएको प्रहरीले जनाएको छ । अमेरिका पठाईदिन्छु भनेर तीन जनाबाट केसीले ९२ लाख असुलेर सम्पर्क बिहिन बनेपछी पिडितले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।
त्यस्तै ललितपुरकी विनिता पुरीले माल्टा पठाईदिन्छु भन्दै चार लाख र काभ्रेका तारा गिरीले माल्टा पठाईदिने भनेर १२ लाख असुलेर सम्पर्क बिहिन भएको जनाईएको छ । पक्राउ परेका चारै जनालाई थप अनुसन्धान का लागि बैदेशिक रोजगार बिभाग ताहाचल पठाईएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।