योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) सानीभेरी गाउँपालिका ५ रुकुम पश्चिमको वडा सम्मेलन सम्पन्न भएको छ ।
सोमबार सम्पन्न भएको सम्मेलनबाट बलबहादुर बस्नेतको अध्यक्षतामा २५ सदस्यीय नयाँ वडा कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा वीर बहादुर कुसारी र वीर बहादुर केसी, सचिवमा विशाल कुसारी, सहसचिवमा त्रिशुला पुन, र कोषाध्यक्षमा डिलाराम खनाल चयन हुनु भएको छ।
सम्मेलनले पालिका सम्मेलनमा १० जना र जिल्ला सम्मेलनमा २ जना प्रतिनिधि पठाउने पनि निर्णय गरेको छ ।
डिलाराम कुसारीको अध्यक्षतामा भएको सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सानीभेरी गाउँ कमिटी सचिव तथा वाइसीएल नेपाल सानीभेरी गाउँ कमिटी अध्यक्ष बालकृष्ण विकको प्रमुख आतिथ्यता रहेको थियो।
सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सानीभेरी गाउँ कमिटी सहसचिव तथा वाइसीएल नेपाल जिल्ला कमिटी सदस्य बालकुमार नकाल, अखिल क्रान्तिकारी केन्द्रीय सदस्य हिरा कुसारी, वाइसीएल नेपाल जिल्ला कमिटी सदस्य देवराज चन्द, सानीभेरी गाउँ कमिटी सदस्य तथा ५ नम्बर वडाका निवर्तमान अध्यक्ष तिर्थबहादुर खत्री, सानीभेरी गाउँपालिका किसान महासंघ संयोजक तथा माओवादी केन्द्र सानीभेरी गाउँ कमिटी सदस्य जसिराम बस्नेत लगाएतको आतिथ्यता रहेको थियोे ।
कार्यक्रमको सञ्चालन नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका वडा कमिटी सदस्य अलबहादुर कुसारी (धमला)ले गर्नुभएको थियो ।