कालिकोटमा ट्याक्टर दुर्घटना मा परी चार जनाको मृत्यु भएको छ। जिल्लाको पलाँता गाउँपालिका–२ स्थित आइतवार राती ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
Advertisement
जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार खबर राती प्राप्त भएकोले प्रहरी घटना स्थल तर्फ गैरहेको छ । भने मृतकको पहिचान र गाडी नम्वर खुल्न सकेको छैन ।