सुर्खेतको वीरेन्द्रनगरमा फोर्स गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
Advertisement
रत्न राजमार्ग अन्तरगत फोरलेन सडकस्थित रेडियो नेपाल नजिकै कर्णाली प्रदेश ००१ ख ०९१५ नम्बरको गाडीले जुम्लाको हिमा गाउँपालिकाका अन्दाजी ५५ वर्षीय कालीबहादुर बुढालाई ठक्कर दिएको थियो ।