• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, असार १०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आठबिसकोटले ल्यायो ७१ करोडको बजेट

आठबिसकोट नगर अस्पतालका ३६ कर्मचारीको सामूहिक राजीनामा

किर्तिपुरको विकासलाई तीव्रता दिन प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बानियाँ

सुनचाँदीको मूल्यमा निरन्तर गिरावट,आज पनि घट्यो

रोनाल्डोको शानदार कमब्याक : उज्वेकिस्तान विरुद्ध ५-० ले बिजयी

आज घट्यो सुनको मुल्य

आठबिसकोट नगर अस्पतालमा करार कर्मचारी द्वारा सेवा ठप्प

विष्णु पौडेल पक्राउ प्रकरण : देशमा अब आगो बाल्ने महेशको चेतावनी

समान तलब नभएको भन्दै आठबिसकोट नगर अस्पतालका करार कर्मचारी असन्तुष्ट

लोकप्रिय समाचार

  • १. आठबिसकोट नगर अस्पतालका ३६ कर्मचारीको सामूहिक राजीनामा

  • २. आठबिसकोट नगर अस्पतालमा करार कर्मचारी द्वारा सेवा ठप्प

  • ३. समान तलब नभएको भन्दै आठबिसकोट नगर अस्पतालका करार कर्मचारी असन्तुष्ट

  • ४. रुकुम पश्चिमको मुसिकोट स्थित मुग्लुखोलामा माछामार्ने क्रममा युवकको मृत्यू

  • ५. किर्तिपुरको विकासलाई तीव्रता दिन प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बानियाँ

  • ६. विष्णु पौडेल पक्राउ प्रकरण : देशमा अब आगो बाल्ने महेशको चेतावनी

  • ७. दुर्गानगर विकास समाजको कार्यक्रममा मुख्यमन्त्री बानियाँद्वारा विकास र एकताको सन्देश

  • ८. कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

  • ९. कानून विपरित सन्चालित क्रसर उद्योगमा आठबिसकोटको ताला

  • १०. सानीभेरी गाउँपालिका अस्पतालका सुरक्षा गार्डको शव नदी किनारमा फेला

२० वर्षपछि बालगुङको निरयघाट सडक स्तरोन्नति


  •   आइतबार, बैशाख ०७, २०८२ मा प्रकाशित
  • निरयघाट, तीन दशक अघिसम्म बागलुङ प्रवेश गर्ने एकमात्र नाका थियो । विसं २०१३ अगाडिसम्म बागलुङवासी डुङ्गामा कालीगण्डकी तरेर पर्वतको खनियाघाट हुँदै पोखरा, काठमाडौँलगायत ठाउँमा आवतजावत गर्थे । त्यसबेला सडकले बागलुङ जोडिएको थिएन । पोखरा–बागलुङ राजमार्ग निर्माण भएपछि २०५१ सालमा मालढुङ्गामा मोटरेबल पुल बन्यो । त्यसपछि बागलुङवासी खनियाघाटमा पुगेर काली तर्ने बाध्यता हटेको हो ।

    Advertisement

    मालढुङ्गामा बनेको पुलबाट यात्रा गर्न थालेपछि निरयघाट ओझेलमा पर्‍यो । तत्कालीन जिल्ला विकास समितिले १२ लाख विनियोजन गरेर गणेश घुम्तीबाट सडक निर्माण गर्‍यो र ओझेलमा परेको नियरघाटलाई जोड्यो । आर्थिक वर्ष २०६०/६१ मा खुलेको सोही सडक दुई दशकपछि स्तरोन्नति हुँदैछ । विश्व बैंकको लगानीमा ‘सहरी शासकीय पूर्वधार विकास कार्यक्रम’अन्तर्गत गत असारदेखि उक्त सडकको स्तरोन्नति गर्न थालिएको हो ।

    कालीगण्डकी नदीको तटमा रहेको निरयघाट बागलुङवासीको दाहसंस्कार गर्ने मुख्य घाट अर्थात् दाहस्थल पनि हो । दैनिकजसो सयौं नागरिक कालीगण्डकीमा स्नान गर्न पुग्छन् । सडक खुलेको दुई दशकसम्म स्तरोन्नति नहुँदा सबैभन्दा बढी सास्ती मलामीले भोग्नुपरेको स्थानीयको गुनासो छ । अप्ठ्यारो सडकमा शव बोकेर हिँडेका कति मलामी घाइते भए, त्यसको लेखाजोखा छैन ।

    अहिले भने त्यसरी सास्ती र सकस खेपेका मलामीमात्र होइन, साँघुरो सडक त्यसमाथि खाल्डाखुल्डी, हिलो र धुलोले वर्षौंदेखि आजित बनेका निरयघाट र माझी बस्तीका स्थानीय खुसी छन् । पोहोर सालसम्म सडकको धुलोले घरको छानो र पिँढी ढपक्क ढाकिने गरेको बागलुङ नगरपालिका–१ माझी बस्तीका ७५ वर्षीय बलबहादुर माझी बताउँछन् ।

    उनले भने, ‘अहिले पैदल हिँड्ने सडक पनि सहज हुँदै गएको छ, सडक विस्तार हुँदै गएपछि अन्त्येष्टिका लागि धेरै त सिधैँ गाडीमा घाटमै पुग्न थालेका छन् ।’

    निरयघाट पहिलेको तुलनामा सडक सुविधाले फराकिलो र विस्तारित छ । तर, यस क्षेत्रको विकासका नाममा गरिएको जथाभावी डोजर प्रयोग र पूर्वाधारले कुरुप तथा जोखिम बढाएको छ ।

    स्थानीय महेन्द्र आचार्य सडक विस्तारलगायत पूर्वाधार विकासमा स्थानीयसँग कुनै पनि समन्वय नगरी निर्माण कम्पनीले सडक फारिकलो र नाली बनाउँदा खुला चौर मासिएको बताउँछन् ।

    अव्यवस्थित रूपमा नाली निर्माण गर्दा निरयघाट कुरुप बनेको उनको भनाइ छ । सडक स्तरोन्नतिपश्चात खनियाघाटवासीको जीवनशैलीमा परिवर्तन आउने आचार्य बताउँछन् ।

    माझीबस्तीकी ७५ वर्षीया फूलमाया माझीले सडक व्यवस्थित बन्न थालेपछि धुलो र हिलो कम भएको बताइन् । पुस/माघमा घाम ताप्न आँगनमा बस्दा धुलो उडेर एकैछिनमा फोहर बनाइदिने गरेको उनको भनाइ छ । सरकारले सडक स्तरोन्नति गर्न धेरै ढिला गरेको माझीले बताइन् ।

    उक्त सडक स्तरोन्नति गर्न गत वर्ष जेठमा फेवा/आशिष जेभीले जिम्मा पाएको थियो । सात करोड ५० लाखमा आगामी असार ३० गतेसम्म उक्त सडक कालोपत्र गर्ने योजना रहेको निर्माण कम्पनीका इन्जिनियर मनोज शर्माले जानकारी दिए । हालसम्म ६० प्रतिशत काम सकिएको उनको दाबी छ ।

    ‘काम तीव्रगतिमा भएको छ, हामीहरूले योसँगै ढोडेनी र मूलपानी सडकको एकमुष्ट जिम्मा पाएका हौँ, जसका लागि रु ४९ करोड २१ लाखमा सम्झौता भएको छ, अहिले नाली निर्माण गर्ने, सडक फराकिलो बनाउने काम गरिरहेका छौं’, इन्जिनियर शर्माले भने, ‘मौसमले साथ दिए यो महिनाभित्रमा निरयघाट सडक कालोपत्र गरिसक्ने छौं ।’

    सडकको सहजतापछि निरयघाटमा फेरि एकपटक चहलपहल बढ्ने देखिन्छ । शान्त वातावरण र स्वच्छ हावापानी रहेको निरयघाटमा मानव सेवा आश्रमको भवन निर्माणाधीन छ भने वृद्धाश्रम बनिसकेको छ ।

    यस ठाउँलाई ध्यान केन्द्रका रूपमा विकास गर्न सके निरयघाट क्षेत्र सम्भावना हुँदाहुँदै पनि ओझेलमा परेकाले पर्यटन प्रवर्द्र्धन गर्न सडकले महत्त्वपूर्ण भूमिका खेल्ने बागलुङ नगरपालिकाका प्रमुख बुसन्तकुमार श्रेष्ठले बताए । निरयघाटलाई ‘इको टुरिजम’का रुपमा विकास गर्न सकिने उनको भनाइ छ ।

    पर्वतको खनियाघाट, बागलुङको निरयघाट र माझीबस्तीलाई बागलुङ बजारसँग सिधा जोड्नका लागि पक्की सडक बनाउन थालेको उनको भनाइ छ । कृषि उत्पादनका हिसाबले निरयघाट उर्वर रहेकाले किसानले उत्पादन गरेका वस्तुलाई बजारीकरण गर्न बढी सघाउ पुग्ने उनी बताउँछन् ।

    ‘नदी छेउमा रहेको हुँदा निरयघाटमा मत्स्यपालनको सम्भावना छ, तरकारीखेती, एग्रो टुरिजम पनि राम्रो हुने सम्भावना देखेका छौँ, धार्मिक उद्यान बनाउने योजना छ’, प्रमुख श्रेष्ठले भने ।

    आइतबार, बैशाख ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आठबिसकोटले ल्यायो ७१ करोडको बजेट
    आठबिसकोट नगर अस्पतालका ३६ कर्मचारीको सामूहिक राजीनामा
    किर्तिपुरको विकासलाई तीव्रता दिन प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बानियाँ
    सुनचाँदीको मूल्यमा निरन्तर गिरावट,आज पनि घट्यो
    रोनाल्डोको शानदार कमब्याक : उज्वेकिस्तान विरुद्ध ५-० ले बिजयी
    आज घट्यो सुनको मुल्य

    लोकप्रिय

    • १.
      आठबिसकोट नगर अस्पतालका ३६ कर्मचारीको सामूहिक राजीनामा

    • २.
      आठबिसकोट नगर अस्पतालमा करार कर्मचारी द्वारा सेवा ठप्प

    • ३.
      समान तलब नभएको भन्दै आठबिसकोट नगर अस्पतालका करार कर्मचारी असन्तुष्ट

    • ४.
      रुकुम पश्चिमको मुसिकोट स्थित मुग्लुखोलामा माछामार्ने क्रममा युवकको मृत्यू

    • ५.
      किर्तिपुरको विकासलाई तीव्रता दिन प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बानियाँ

    • ६.
      विष्णु पौडेल पक्राउ प्रकरण : देशमा अब आगो बाल्ने महेशको चेतावनी

    भर्खरै

    • १.
      आठबिसकोटले ल्यायो ७१ करोडको बजेट

    • २.
      आठबिसकोट नगर अस्पतालका ३६ कर्मचारीको सामूहिक राजीनामा

    • ३.
      किर्तिपुरको विकासलाई तीव्रता दिन प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बानियाँ

    • ४.
      सुनचाँदीको मूल्यमा निरन्तर गिरावट,आज पनि घट्यो

    • ५.
      रोनाल्डोको शानदार कमब्याक : उज्वेकिस्तान विरुद्ध ५-० ले बिजयी

    • ६.
      आज घट्यो सुनको मुल्य

    • ७.
      आठबिसकोट नगर अस्पतालमा करार कर्मचारी द्वारा सेवा ठप्प

    • ८.
      विष्णु पौडेल पक्राउ प्रकरण : देशमा अब आगो बाल्ने महेशको चेतावनी

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.