बंगलादेशको उत्तरी भागमा एक प्रमुख हिन्दु अल्पसंख्यक नेता भावेश चन्द्र रायको अपहरणपछि र ह, त्या भएको छ ।
Advertisement
यस घटनापछि मुहम्मद युनुसको नेतृत्वमा रहेको बंगलादेशी अन्तरिम सरकारले आफ्ना अल्पसंख्यक समुदायको सुरक्षा गर्न असफल भएको छ ।
बंगलादेशमा प्रमुख हिन्दुवादी नेतालाई अज्ञात व्यक्तिहरूले बिहीबार उनको घरबाटै अपहरण गरेका थिए ।
मिडिया रिपोर्टका अनुसार ५८ वर्षीय रायलाई बिहीबार दिउँसो उनको घरबाट अपहरण गरी कुटपिट गरी हत्या गरिएको हो ।
उनी बंगलादेश पूजा उद्यापन परिषद्को बिरल एकाइका उपाध्यक्ष थिए । हिन्दू समुदायमा उनको बलियो पकड थियो । उनी ढाकाबाट लगभग ३३० किलोमिटर टाढा दिनाजपुरको बासुदेवपुर गाउँका बासिन्दा भएको त्यहाँका प्रहरीले बताएको छ ।