काठमाडौं । राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिका कार्यबाहक संयोजक जगमान गुरुङले आगामी जेठ १५ गते गणतन्त्रको अन्त्य हुने दाबी गर्नुभएको छ।
आज काठमाडौंमा आयोजित पृथ्वी पथको आवश्यकता विषयक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।
‘कुनै मान्छे मर्न पर्यो उसको जन्म महिना, बार, कहिले छ त्यहिले मर्छ भन्छ । यो गणतन्त्रको घोषणा जेठको १५ गते भयो । यसको अन्त्य पनि ०८२ साल जेठको १५ गते हुन्छ ।’ उहाँले भन्नुभयो ।