• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

लोकप्रिय समाचार

  • १. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • २. बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

  • ३. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • ४. कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

  • ५. विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

  • ६. सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

  • ७. रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

  • ८. सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

  • ९. सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

भूकम्पपछि पुनःनिर्माण थालिएका तीन विद्यालय भवन चार वर्षदेखि अलपत्र

  •   शुक्रबार, बैशाख ०५, २०८२ मा प्रकाशित
  • विसं २०७२ को भूकम्पले भत्काएका विद्यालय भवनमध्ये तीनवटा भवन अझै सम्पन्न भएको छैन । सम्झौताअनुसार काम सम्पन्न गरेर हस्तान्तरण गरिसक्नुपर्ने जिल्लाका डाँडापारिस्थित महाभारत गाउँपालिकाका तीनवटा विद्यालयको भवन अझै अलपत्र अवस्थामा छन् ।

    Advertisement

    निर्माण कम्पनीले कामको जिम्मा लिएर सम्झौता गरी भवनका पिलर ठड्याएर ढलान गरी त्यत्तिकै अलपत्र छाडेको हो । महाभारत गाउँपालिका–२ कुपिन्टारस्थित कालीदेवी मावि भवन, वडा नं १ को गोकुलेस्थित गोकुले मावि र वडा नं ८ स्थित घर्तीछापको जनकल्याण माविको भवन ढलान मात्र गरेर अलपत्र पारेको छ । सम्झौता गरेर विगत चार वर्षदेखि निर्माण अलपत्र पारेपछि यहाँका बालबालिकाले सुविधायुक्त भवनमा बसेर अध्ययन गर्न पाएका छैनन् । एकातिर भवन अलपत्र अर्कातिर भवन अभावका कारण विद्यार्थीलाई अध्ययन गर्न सुरक्षित ठाउँमा बस्न नपाएपछि शैक्षिक क्रियाकलापमा नै नराम्रो प्रभाव पारेको विद्यालयले जनाएको छ ।

    भूकम्पले जीर्ण बनाएको विद्यालय भवनमा पठनपाठन गर्न नमिल्ने भएपछि नयाँ भवन निर्माणका लागि थालिएको कामले पूर्णता नपाउँदा जिल्लाको विकट डाँडापारिस्थित महाभारत–२ कुपिन्टारका विद्यार्थी अहिले पनि अस्थायी सिकाइ केन्द्रमा बसेर पढ्न बाध्य छन् । विद्यालय भवन निर्माण थालेको वर्षौँ भयो, नयाँ साल फेरिए, कक्षा चढ्दै गए तर, यहाँका बालबालिकाले अझै पनि नयाँ सुविधासम्पन्न भवनमा अध्ययन गर्न पाएका छैनन् ।

    विद्यालयका प्रधानाध्यापक सुनिल सारूले विद्यालयको भवन नबन्दा बालबालिकाले पठनपाठन गर्न कठिनाइ व्यहोर्दै आएको बताए । “तत्कालीन जिल्ला आयोजना कार्यान्वयन एकाइले बनाएको चारकोठे भवनमा प्रशासन, कम्प्युटर ल्याब र दुईवटा कोठा साना बालबालिकाका लागि कक्षा सञ्चालन भइरहेको छ”, उनले भने । जहाँ छानासमेत हुरीबतासले गर्दा बाँसले बेरेको बार केही नभएकाले खुला ठाउँमा राखेर पढाउनु पर्दा निकै समस्या खेप्नुपरेको प्रधानाध्यापक सारुले बताए ।

    विद्यालयका लागि छ–छकोठे नयाँ तीन भवन निर्माण गर्नेगरी २०७७ सालमा काम थालेकामा अहिलेसम्म पनि सम्पन्न नगरेपछि पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको विद्यालयले जनाएको छ । अहिले तीनवटा भवनको तीन ढलानमात्र गरेर काम अलपत्र पारेको र शौचालय, घेराबारको पर्खाल र खानेपानीसहितको संरचना निर्माण गर्नुपर्नेमा कुनै पनि कामले गति नलिएको अवस्था छ ।

    भवन निर्माण थालेर बीचमा अलपत्र पारेर राखेपछि छिटो सम्पन्न गर्नका लागि महाभारत गाउँपालिकाले सम्बन्धीत कार्यालयको ध्यानाकर्षण गराएको छ । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा नेतृत्वको टोलीले केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक लक्ष्मीप्रसाद भट्टराईलाई भेटेर ध्यानाकर्षण गराएको हो ।

    महाभारतका अध्यक्ष कान्छालाल जिम्बाले भूकम्पले भत्काएको विद्यालय भवन निर्माणको चरणमा छभने यहाँका तीनवटा विद्यालयका भवन निर्माण व्यवसायीले अलपत्र पारेको बताए । जसमध्ये कालीदेवी मावि कुपिन्टारको अवस्था झन् नाजुक छ । निर्माण कम्पनी र सम्बन्धित निकायमा पटकपटक कुरा राख्दा पनि आश्वासनमात्र पाएको तर निर्माणकार्यले गति लिन नसकेको उनको भनाइ छ ।

    गाउँपालिकाबाट पटकपटक ताकेता गर्ने, पत्र पठाउने र समझदारी पनि गर्दै काम गर्न आग्रह गरेको भए पनि कामले अझै गति लिन नसकेपछि पछिल्लो समयमा केन्द्रीय आयोजना कार्यान्वयन एकाइका आयोजना प्रमुखलाई भेटेर ध्यानाकर्षण गराएको अध्यक्ष जिम्बाले बताए । समयमा काम सम्पन्न नगरेपछि जरिवाना लगाएर थपेको समयभित्र काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिइसकेको आयोजनाका प्रमुख लक्ष्मीप्रसाद भट्टराईले बताए ।

    जनकल्याणको भौतिक प्रगति ७२ प्रतिशत र आर्थिक प्रगति ५१ प्रतिशतमात्र भएको छभने गोकुले माविको ७१ प्रतिशत भौतिक प्रगति र ४८ प्रतिशत, कालीदेवी माविकोे भौतिक प्रगति ५० प्रतिशत र आर्थिक प्रगति ४५ प्रतिशतमात्र रहेको जनाएको छ ।

    केन्द्रीय आयोजना कार्यान्वयन एकाइले जनकल्याण मावि भवन निर्माणका लागि भ्याटबाहेक छ करोड ७१ लाख ६६ हजार ५१६, गोकुलेको छ करोड ५४ लाख ९४ हजार ९९० र कालीदेवीको सात करोड १५ लाख १२ हजार ८०० लागतमा टिडिआईरआशिष निर्माण सेवाले सम्झौता गरेर काम अगाडि बढाएको आयोजनाले जनाएको छ ।

    शुक्रबार, बैशाख ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।
    सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।
    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    लोकप्रिय

    • १.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • २.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ३.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ४.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ५.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ६.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    भर्खरै

    • १.
      सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

    • २.
      सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

    • ३.
      रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

    • ४.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    • ५.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ६.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ७.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ८.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.