नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रुकुम पश्चिमको सहायक संगठन वाइसिएल नेपाल सानीभेरी गाउँपालिका -३ को वडा भेला सम्पन्न भएको छ । पुष्प पुनको अध्यक्षतामा २५सदस्य वडा कमिटि गठन गरिएको छ । वाइसिएल नेपालको नयाँ गठित समितिको अध्यक्षमा पुष्प पुन, उपाध्यक्षमा अनिल ओलि , अमर ओलि , सचिवमा अमृत केसी र
कोषाअध्यक्ष्य – लोकेन्द्र बि क चयन भएका छन्।
भेलालाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा माअेवादी केन्द्र जिल्ला सम्वनय समिति सदस्य जगदीश नकालले जनयूद्धले जनताको मागलाई प्रस्तुत गरेको र अझै ती माग पुरा नभएकाले सर्घष गरिरहनु परेको बताए । उने अहिले अग्रगामि र पश्चिमीगामी शक्ति विच लडाई चलिरहेको बताए ।
यस्तै विशिष्ट अतिथि वाइसिएल जिल्ला संयोजक गोबिन्द प्रकाश ओलीले हिजोको लडाई र आजको लडाई फरक भएकाले हिजो हतियारवद्ध लडाई आज बैचारीक लडाई उतिकै पेचिलो बन्दै गैरहेको हुँदा यूवाहरु ले तानाशाहीको विरुद्ध आक्रामक र वैचारीक लडाई लड्नुपर्ने बताए । ओलीले भने, युवाहरु परिवर्तन को संवाहक हुन र युवाहरू नै रास्ट्र निर्माणमा जुट्नुपर्छ। तसर्थ वाईसीएल नेपाल त्यो क्रान्तिकारी युवाहरूको दस्ता हो, जसले दलाल, चाकरीलाई चिर्दै आत्मस्वाभिमानका साथ जनताका गुनासो र समस्या समाधानका निम्ति संगठनको परिधिभित्र रहेर शोषक सामन्तका विरुद्ध चट्याङ सरि गर्जिनुपर्छु ।
कार्यक्रममा बोल्दै अथिति छबिलाल बिष्टले वाई सि एल नेपाल जनयुद्धको जगमा उभिएको संगठन भएकाले अन्य राजनैतिक दलका युवा संगठन भन्दा पृथक भएको बताए । वाइसिएल नेपाल सानीभेरी-३ का निवर्तमान अध्यक्ष शुशिल खड्काको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिको रुपमा जगदीश नकाल, गोबिन्द ओली , छबिलाल बिष्ट, भिमप्रकाश बिक, लगाएतका अतिथिहरुको उपस्थितिमा कार्यक्रको संचालन बालकुमार नकालले गरेका थिए ।