पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने क्षेत्रको
सडक खण्डमा सवारी साधन हिलोमा फसेपछि १६ घण्टादेखि यातायात ठप्प छ । दाउन्नेको विश्वकर्मा मन्दिर नजिकको सडक हिलोले भरिएपछि गाडीहरू अड्किएर बाटो बन्द भएको हो ।
Advertisement
जिल्ला प्रहरी प्रमुख यादव ढकालका अनुसार, सडक खुलाउन तीन दर्जनभन्दा बढी प्रहरी परिचालन गरिएको छ । तर सडकमा अत्यधिक हिलोकाकारण गाडीहरु चिप्लिएर सडक अवरुद्ध बनेको छ ।
दाउन्ने सडक खण्डमा चार वर्षअघि देखि पिच उक्काएर मर्मत गर्नुपर्ने सडक हाल सम्म पनि निर्माण हुन नसक्दा यात्रुले सास्ती खेप्दै आएका छन्।