आन्दोलनरत शिक्षक र सरकार विच सिंहदरबारमा जारी भएको छलफल सकिएको छ ।
शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारका प्रतिनिधिबिच छलफल बिहीबार छलफल भएको थियो ।
तर छलफलमा के निष्कर्स आयो भन्ने बताईएको छैन्। नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापा का अनुसार आफुहरुले माग राखेको बताए । छलफलमा आज कोही पनि शिक्षक नबोल्ने सहमति भएको थियो । सोही आधारमा मन्त्री तथा आन्दोलनरत शिक्षकहरूले छलफलमा के भएको थियो भन्ने विषयमा कोही पनि बोल्न चाहेनन् ।
छलफलमा शिक्षकहरुले सरकारलाई ध्यानाकर्षण गराएका छन्। ध्यानाकर्षण पत्रमा नयाँ शिक्षा ऐन जारी गर्ने सवालमा सरकारको मार्ग चित्र के हो? विगतका सहमति कार्यान्वयन गर्ने सन्दर्भमा मन्त्रिपरिषद्को निर्णयबाट सम्बोधन हुनसक्ने विषयमा आवश्यक निर्णय लिन विलम्ब किन भएको हो? लगायतका विषयमा स्पष्ट पार्न माग गरिएको छ।