काठमाडौँ । नेपाल शिक्षक महासंघ र सरकार बीच सिंहदरबारमा वार्ता सुरु भएको छ।
Advertisement
शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा वार्ता सुरु भएको हो । यता शिक्षक महासंघबाट सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोली सहभागी रहेका जनाइएको छ।
शिक्षक महासंघले चैत २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेको छ। उनीहरुले शिक्षकहरुको माग र मुद्दा सम्बोधन भएको शिक्षा ऐनको माग गरिरहेका छन्।