• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सडकमै कुटिइन महिला प्रहरी ,एक युवक पक्राउ

प्रधानमन्त्रीको आँखामा समस्या कालो चस्मा नखोल्ने

१३ वर्षीया बालिकालाई यौन धन्दामा लगाउने दुई जना पक्राउ

जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम

आज यी १५ जिल्लामा आकस्मिक बाढीको चेतावनी

आज बोलाइएको प्रतिनिधिसभा बैठक एक्कासी स्थगित

आज घट्यो सुनको मूल्य

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

मौसम पूर्वानुमानः चार प्रदेशमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरीको चेतावनी

लोकप्रिय समाचार

  • १. नेकपा – एमाले बीच कर्णालीमा मिल्यो भागबन्डा कसले कुन मन्त्रालय पाए ?

  • २. रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु

  • ३. छोराको हत्या पछि आमाले पनि त्यागिन प्राण ,श्रीमान् विदेश बाट फर्किदै

  • ४. जाजरकोटको नलगाडमा जीप दुर्घटना : १ जनाको मृत्यु ६ घाइते

  • ५. कर्णालीमा तीन मन्त्री छान्न नेकपालाई सकस, सात जनाको नाम केन्द्रमा पठाइयो

  • ६. भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

  • ७. बालिका हत्या प्रकरण : अनुसन्धानको गोपनीयता कहाँ हरायो? कसरी बाहिरियो आरोपीको भिडियो ?

  • ८. विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा प्रदेशसभाको जोड

  • ९. कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आज विश्वासको मत लिँदै

  • १०. आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार?

गाउँमै खानेपानीको सुविधा पुगेपछि बसाईसराई रोकियो


  •   सोमबार, चैत २५, २०८१ मा प्रकाशित
  • नवलपरासी । खानेपानीको चरम अभाव झेलिरहेको बस्ती झ्याल्टुङ डाँडामा खानेपानी पुगेपछि बसाइँ सर्ने क्रम रोकिएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका–१० झ्याल्टुङ डाँडामा खानेपानीको समस्या भएपछि केही वर्षदेखि गाउँ छाड्ने क्रम बढ्दै गएकामा अहिले उक्त क्रम रोकिएको झ्याल्टुङडाँडा ,चिसोपानी, पोखरी ताल खानेपानी सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हेमबहादुर थापाले बताए ।

    Advertisement

    “गाउँ छाडेर जाने गइसके, खानेपानी सफल नभएको भए म पनि हिँड्थे, पानी आयो छाडेर जान पनि मन लाएको छैन । जग्गा छ, बस्तु पाल्न मिलेको छ , यही बस्ने हो अब” हेमबहादुरले भने । विसं २०७६ मा सुरु भएको लिफ्टिङ खानेपानी योजना अहिले आएर पूर्ण भएको संस्थाका अध्यक्ष थापाले बताए । निर्माणको काम ढिलो हुँदा खानेपानी गाउँमा आउँदैन कि भनेर निराश बनेका आफूहरू अहिले खुसी भएको उनले बताए । खानेपानीको अभावकै कारण गाउँ छाडेका केही फर्किन लागेको उनको भनाई छ ।

    खानेपानी लिन डेढ दुई घण्टा लाग्ने गरेकोमा अहिले घर छेउको धारामा पानी आउँदा गाउँ नै रमाइलो भएको नरबहादुर सारू मगरले बताए । खानेपानी संस्थाका सचिवसमेत रहनुभएका उनका अनुसार अहिले झ्याल्टु ङडाँडासहित वरपरका गाउँ पोखरी ताल, चिसापानी ,सानो पोखरी, टाडीलगायतका गरी करिब एक सय ९१ घरलाई खानेपानीको सुविधा पुगेको छ । अँधेरी खोलाको मुहानबाट लिफ्टिङ गरी खानेपानी वितरण गरिएको उनले बताए ।

    खानेपानीको समस्या भएपछि गाउँ छोड्ने टुङ्गोमा पुगिसकेको अवस्थामा अहिले पानी घरकै धारामा आउँदा स्वर्गै जस्तो लागेको स्थानीय गोमा विकले बताइन् । “अहिले त धेरै सुविधा भयो, पहिले एक दुई खेप भन्दा धेरै पानी बोक्न सकिन्थेन, केही समय पानी नआए गाउँ छाडेर हिँड्नेनै टुङ्गोमा थियौँ, एक खेप पानी लिन दुई घण्टा लाग्ने, लुगा धुन ,नुहाउन नपाउने” उनले भनिन् “अहिले धेरै सुविधा भएको छ । अहिले त स्वर्गै जस्तो भएको छ”

    पहिले दिनमा तीन चार खेप पानी बोक्नु पर्दा एक जनाको कामनै पानी बोक्ने हुने गरेको स्थानीय पुनिसरा विकले बताइन् । पानी अड्कलेर खर्च गर्नुपर्नेमा अहिले घरमै खानेपानीको धारा आएपछि खानेपानीको समस्या टरेको उनले बताइन् ।

    पानीको समस्या हुँदा डुल्दै कोही पाहुना आएर पानी मागे पनि दिन नपुग्ने अवस्था रहेको इशरा बाकवलले बताइन् । बसाइँको हिसाबले सुन्दर ठाउँ भए पनि खानेपानी नहुँदा झ्याल्टुङडाँडाका स्थानीयले लामो समयदेखि दुःख पाउँदै आएकोमा अहिले खानेपानीको दुःख हटेको उनको जिकिर छ ।

    झ्याल्टुङडाँडामा गण्डकी प्रदेश सरकारको लागतमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँ, इकाई कार्यालय नवलपुरमार्फत करिब रु एक करोडको लागतमा लिफ्टिङ प्रविधिबाट खानेपानी योजना सम्पन्न गरिएको इकाई कार्यालय नवलपुरका प्रमुख महेन्द्र आचार्यले बताए । कार्यालयले खानेपानी नपुगेका घरमा खानेपानी पुर्‍याउने लक्ष्यका साथ योजना निर्माण गरी काम गरिरहेको उनले बताए।

    झ्याल्टुङडाँडा सहितको क्षेत्रमा खानेपानीको व्यवस्थाका लागि मध्यविन्दु नगरपालिका–१० र नगरपालिका कार्यालयबाट विद्युतीकरणमा सहयोग पुर्‍याएका नगर प्रवक्ता एवं वडा नं –१०का वडाध्यक्ष रणबहादुर थापा क्षेत्रीले बताए । मुहान भएको स्थानसम्म विद्युत् पुर्‍याउने र ट्रान्समिटर जडान गर्ने लगायतका कार्यका लागि रु २० लाख बजेट विनियोजन गरी काम गरिएको उनले बताए । रासस

    सोमबार, चैत २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सडकमै कुटिइन महिला प्रहरी ,एक युवक पक्राउ
    प्रधानमन्त्रीको आँखामा समस्या कालो चस्मा नखोल्ने
    १३ वर्षीया बालिकालाई यौन धन्दामा लगाउने दुई जना पक्राउ
    जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम
    आज यी १५ जिल्लामा आकस्मिक बाढीको चेतावनी
    आज बोलाइएको प्रतिनिधिसभा बैठक एक्कासी स्थगित

    लोकप्रिय

    • १.
      नेकपा – एमाले बीच कर्णालीमा मिल्यो भागबन्डा कसले कुन मन्त्रालय पाए ?

    • २.
      रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु

    • ३.
      छोराको हत्या पछि आमाले पनि त्यागिन प्राण ,श्रीमान् विदेश बाट फर्किदै

    • ४.
      जाजरकोटको नलगाडमा जीप दुर्घटना : १ जनाको मृत्यु ६ घाइते

    • ५.
      कर्णालीमा तीन मन्त्री छान्न नेकपालाई सकस, सात जनाको नाम केन्द्रमा पठाइयो

    • ६.
      भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

    भर्खरै

    • १.
      सडकमै कुटिइन महिला प्रहरी ,एक युवक पक्राउ

    • २.
      प्रधानमन्त्रीको आँखामा समस्या कालो चस्मा नखोल्ने

    • ३.
      १३ वर्षीया बालिकालाई यौन धन्दामा लगाउने दुई जना पक्राउ

    • ४.
      जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम

    • ५.
      आज यी १५ जिल्लामा आकस्मिक बाढीको चेतावनी

    • ६.
      आज बोलाइएको प्रतिनिधिसभा बैठक एक्कासी स्थगित

    • ७.
      आज घट्यो सुनको मूल्य

    • ८.
      पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.