राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंले आफूलाई मार्ने योजना बुनेको थाहा पाएपछि शुक्रबार प्रहरी घेरा तोडेर ज्यान जोगाएको स्पष्टीकरण दिएका छन् ।
अज्ञात स्थलबाट एक भिडियो सन्देश जारी गर्दै प्रसाईंले भनेका छन्, ‘मलाई मार्ने योजना बुनेको थाहा पाएपछि प्रहरीको घेरा तोडेको हुँ ।’
आफ्नो हत्या गर्न खोजिएको थाहा पाएपछि काठमाडौंकै एउटा मन्दिरमा सुरक्षित बसेको उनको भनाइ छ ।
उनले भिडियोमा आफू हत्यारा र बलात्कारी नभएको उल्लेख गर्दै भागेर कहीँ पनि नजाने बताएका छन् ।