अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित झिमरुक नदी र छिर्लिंग खोलाको दोभानको रहमा पौडी खेल्दा डुबेर २ जना युवकको मृत्यु भएको छ।
Advertisement
भुमिकास्थान-१० धनचौर पुयापाटाका १९ वर्षीय दिलीप नेपाली र १७ वर्षीय अशोक नेपालीको रहमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका निमित्त प्रमुख प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए। घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।