मकवानपुरको मनहरी गाउँपालिका–६, लोथर बजारस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आज बिहान चितवनबाट हेटौँडातर्फ जाँदै गरेको बा प्र ०३–००६ ख ५६८१ नम्बरको बस र मनहरीबाट चितवनतर्फ जाँदै गरेको बा प्र ०३–००१च ३०१२ नम्बरको जीप एकापसमा ठोक्किँदा जीपका चालक ३२ वर्षीय सन्देश कोइरालाको मृत्यु भएको प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए।
मकवानपुरको राक्सिराङ गाउँपालिका–४ घर भएका चालक कोइरालाको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो ।